Biratnagar, Morang, Nepal
७ मंसिर २०८१, शुक्रवार
+977 21 450305, 515728, 578305
कोशी

विराटनगरमा खुल्यो ‘जियोन  युनिसेक्स’ सैलुन

महिला र पुरुष दुवैले सेवा पाउने
उद्घोष सम्वाददाता
७ साउन २०८१, सोमवार

विराटनगर । विराटनगरको बसपार्क नजिकै महिला र पुरुष दुवैलाई सेवा दिने सैलुन सञ्चालनमा आएको छ । विराटनगरमा सोमबार एक कार्यक्रम आयोजना गरी जियोन युनिसेक्स सैलुन मेकअप स्टुडियो एण्ड नेल एकेडेमी नाम गरेको सैलुन सञ्चालनमा आएको हो ।

कोशी प्रदेशको मुख्यमन्त्री  तथा मन्त्रिपरिषद् कार्यालयकी राज्यमन्त्री सृजना राईले रिविन काटेर युनिसेक्स सैलुनको उद्घाटन गरेकी हुन् । युनिसेक्स सैलुनको उद्घाटन गरेपछि त्यहाँ उनले आफ्नो कपाल पनि मिलाएकी थिइन् । राज्यमन्त्री राईले समृद्धिका लागि महिलाहरु आत्मनिर्भर बन्नुपर्नेमा जोड दिदै त्यसका लागि युनिसेक्स जस्ता सैलुनले ठूलो सहयोग पुग्ने बताइन् ।

जियोन युनिसेक्स सैलुन मेकअप स्टुडियो एण्ड नेल एकाडेमीमा महिला पुरुष दुवै जनाले सेवा पाउने छन् । त्यस बाहेक ब्यूटिसियन सम्बन्धि सम्पूर्ण तालिम र नेल पेन्टिङ सिक्नेहरुको लागि पनि एकेडेमी खोलिएको ब्यूटिसियन तथा युनिसेक्स सैलुनकी संचालक शान्ता जोशीले जानकारी दिइन् । 

युनिसेक्स सैलुनमा १५ लाख भन्दा बढीको लगानी रहेको बताइएको छ । युनिसेक्स सैलुन संचालन भएको अवसरमा साउन महिनाभरी ग्राहकहरुलाई ३० प्रतिसम्म छुट दिने उनले जानकारी दिइन् । विशेषगरी कपाल काट्ने, रंगरोगन, स्याहारदेखि फेसियल, मेकअप (साधारण र बेहुला–बेहुली), छाला तथा नङ स्याहार लगायतका सेवा युनिसेक्सले दिने बताइएको छ ।

View : 686

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved