Biratnagar, Morang, Nepal
७ मंसिर २०८१, शुक्रवार
+977 21 450305, 515728, 578305
आर्थिक

टाइटान घडीको आधिकारिक बिक्री केन्द्र सेन्ट्रल मलमा

उद्घोष सम्वाददाता
१ असार २०८१, शनिवार

विराटनगर । घडी बजारमा विश्वव्यापी ब्रान्ड टाइटानले विराटनगरमा आधिकारिक बिक्री केन्द्र (सोरुम) सञ्चालनमा ल्याएको छ । विराटनगरस्थित सेन्ट्रल मलको भुँई तलामा शनिबारदेखि सोरुम सञ्चालनमा आएको हो । 

सोरुमको उद्घाटन सेन्ट्रल बजारकै सञ्चालक समुहका राकेश जैन, टाइटानका सार्क क्षेत्रीय अन्तर्राष्ट्रिय बजार प्रमुख बसन्त वासुदेवन र रिटेल अपरेशनल प्रमुख जितेन्द्र सिन्हाले संयुक्त रुपमा गरेका छन् ।

सोरुममा एक हजार वटा मोडलका घडीहरू रहने जनाइएको छ । २ हजारदेखि ४० हजार रुपैयाँसम्मका घडीहरू बिक्रीका लागि राखिएको जैनले बताए ।

सन् १०८७ देखि घडी उत्पादन गरेर विश्वव्यापी बनेको टाइटानले नेपालमा भने चौथो सोरुमका रुपमा विराटनगरमा शाखा विस्तार गरेको जनाइएको छ । हाल धरान, काठमाडौं र ललितपुरमा टाइटान घडीको आधिकारिक बिक्री केन्द्र रहेको जनाइएको छ ।

यस घडी कम्पनीले हरेक वर्ष १ करोड ७० वटा घडीहरू उत्पादन गरी बिक्री गर्दै आएको छ । सेन्ट्रल मलमा खोलिएको घडी बिक्री केन्द्रमा शनिबारदेखि २५ दिनका लागि २५ प्रतिशत छुटको व्यवस्था गरिएको जनाइएको छ ।

घडी खरिद गर्ने उपभोक्तालाई टाइटानले उत्पादन गरेको परफ्युम उपहार दिइने बिक्री केन्द्रका सञ्चालक जैनले बताए ।

उनले बच्चादेखि वयस्कसम्मलाई मध्यनजर गरेर कम्पनीले घडीका मोडेलहरू तयार पारेको र अहिले १ दशमलव १५ एमएम पातलो घडी समेत विराटनगरको सोरुममै बिक्रीका लागि राखिएको जानकारी दिए । 

View : 183

Udghosh Daily प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१० सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१
सम्पादक : बन्धु पोखरेल

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved