विराटनगर । राष्ट्रिय प्रजातन्त्र पार्टी, जिल्ला समिति मोरङले संगठन सुदृढीकरण र पार्टीको राष्ट्रिय एजेण्डालाई एकसाथ अगाडि बढाउने अभियान थालेको छ । जस अन्तरगत पालिकास्तरीय एकाई गठन र पुनर्गठन कार्य सम्पन्न गरी चैत १९ गतेका लागि आमसभाको तयारीमा जुटेको छ ।
महंगी भ्रष्टाचार, बेथितिको विरोध गर्दै संवैधानिक राजतन्त्र, सर्वधर्मसहितको हिन्दु अधिराज्यको स्थापनाका लागि संघीयता र गणतन्त्रको खारेजीको मागको आवाजलाई मुखरित गर्न आमसभा गर्न लागिएको हो ।
सो आमसभामा राप्रपाका केन्द्रीय अध्यक्ष राजेन्द्र लिङ्देल लगायतका केन्द्रीय पदाधिकारी एवम् सदस्यहरुले सम्वोधन गर्ने कार्यक्रम रहेको राप्रपा मोरङका फ्रवक्ता सञ्जयवित्रम अधिकारीले बताए । विराटनगरको हिमालय रोडमा सो आमसभाको कार्यक्रम तय गरिएको प्रवक्ता अधिकारीले बताए ।
राप्रपा मोरङ अध्यक्षको जिम्मेवारी गोपाल कटुवालले लिएपछि पार्टीको संगठन सुदृढीकरणलाई तिव्रता दिंदै जिल्लाका सबै पालिकामा इकाई गठन गरिएको छ । जस अन्तर्गत एकाई समिति नभएकामा समिति गठन र भएकामा पुनर्गठन गर्ने कार्य सकिएको प्रवक्ता अधिकारीले बताए ।
जस अन्तर्गत विराटनगर महानगर अध्यक्षमा विकास लिम्बू, कटहरीमा रमेश राउत, उर्लाबारीमा निरुपा निरौला, सुन्दरहरैंचामा मानबहादुर श्रेष्ठ, बेलबारीमा भोला गौतम, कानेपोखरीमा तीर्थ गुरुङ र बुढीगंगा गाउँपालिका एकाई समितिको अध्यक्षमा आशा माझी रहेको समिति गठन गरिएको छ ।
यस्तै लेटाङमा कोषराज निरौला, जहदामा ओमप्रकाश मण्डल, रतुवामाईमा कृष्ण तिम्सिना, रंगेलीमा देवप्रकाश मण्डल, मिक्लाजुङ कैलास मगर, सुनवर्षीमा कुशुमलाल छन् । यस्तै पथरी शनिश्चरेमा हरेन्द्र कार्की, बेलबारीमा राम अवतार ठाकुर, ग्रामथानमा पक्कुलाल माझी र धनपालथानको अध्यक्षमा धर्मवीर माझी छन् ।
View : 329
Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved