काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । शनिबारदेखि लागू हुने गरी पेट्रोल डिजेल र मट्टितेलमा प्रतिलिटर ३/३ रुपैयाँ घटाउने निर्णय गरेको हो।
इन्डियन आयल कर्पोरेसनबाट मूल्य घटेर आएकाले निगमले मूल्य समायोजन गरेको हो।
नयाँ सूची अनुसार अब उपत्यकामा पेट्रोल प्रतिलिटर १ सय ६७ र डिजेल/मट्टितेल प्रतिलिटर १ सय ५७ रुपैयाँ पर्नेछ।
निगमको डिपो र कार्यालयबाट १५ किलोमिटरसम्मका लागि मूल्य समायोजन गरेर नयाँ मूल्य निर्धारणको निर्णय भएको निगमद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।
View : 218
Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved