विराटनगर : नेपाल इन्टरनेशनल तेक्वान्दो महासंघले विराटनगरमा २ दिने प्राविधिक तथा प्रशिक्षक प्रशिक्षण तालिम आयोजना गरेको छ ।
शनिबार एक कार्यक्रमका बीच युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बूले सेमिनारको उद्घाटन गरेका हुन् । मन्क्री लिम्बूले कार्यत्रमको उद्घाटन गर्दै खेलकुदलाई तीन तहको सरकारले विशेष प्राथमिकतामा राखेर खेल जगतको विकास गर्न जरुरी देखिएको बताए ।
खेलाडीको मनोबल उच्च राख्न सरकार तयार रहेको छ । खेलाडीहरूले देशविदेशमा गएर आˆनो साथै देशका नाम राख्ने काम गरेको छन् । यसले पनि सरकार तथा सरोकारवाला पक्षको ध्यान आकर्षण गरेको उनले बताए ।
नेपाल इन्टरनेशनल तेक्वान्दो महासंघका केन्द्रीय प्रवीणकुमार कार्कीले खेल र खेलाडीको स्तर वृद्धिका लागि तीन तहको सरकार मिलेर योजना ल्याए अन्तर्राष्ट्रिय स्तरमा पदक जित्ने बताए । सेमिनारमा २ सय ६५ जनाको सहभागिता रहेको आयोजकले जनाएको छ ।
View : 136
Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved