विराटनगर । विराटनगर–३ स्थित विराट हेल्थ कलेजका ड्राइभर (सवारी चालक) ४२ वर्षीय सन्तोष कार्कीको मंगलबार दिउँसो करेन्ट लागेर मृत्यु भएको छ ।
मोरङको बुढीगंगा गाउँपालिका–३ का कार्कीको उपचारका क्रममा विराट शिक्षण अस्पतालमा मृत्यु भएको जनाइएको छ ।
कार्कीले होस्टेल सञ्चालनको तयारी गरिरहेका थिए । विराटनगर–३ खार्जी चोकमा विराटश्री होस्टल सञ्चालनको तयारीका क्रममा सोही होस्टलको छतबाट फलामको रडले विद्युतको हाइटेन्सन लाइनमा छोएर उनलाई करेन्ट लागेको थियो ।
करेन्ट लागेर गम्भीर घाइते भएका उनलाई तत्कालै उपचारका लागि विराट शिक्षण अस्पताल लगिएको तर उनको उपचारकै क्रममा चिकित्सकले मृत घोषणा गरेको जनाइएको छ ।
View : 7409
Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved