विराटनगर, ३० कात्तिक : चार देश सम्मिलित टि–२० सिरिज अन्तर्गत नेपाली महिला क्रिकेट टोलीले आजको खेलमा हङकङलाई ५७ रनको लक्ष्य दिएको छ । नेपालको ब्याटिङ नचल्दा रुबिना क्षेत्रीको २५ रन बाहेक अरुले दोहोरो रन जोड्न सकेनन् ।
बिहान ११ः४५ बजे हङकङ क्रिकेट क्लवको मैदानमा नेपालले टस जितेर पहिले ब्याटिङ रोजेको थियो ।
नेपालका लागि सीता राना मगरले ९ रनको योगदान गरिन् । त्यस्तै रोमा थापाले ७ र पुजा महतोले ४, सम्झना खड्का १ र विन्दु रावलले १ रन बनाए । कप्तान ईन्दु वर्मा र काजल श्रेष्ठले खाता खोल्न सकेनन् । नेपाल १८ ओभरमा अल आउट भयो ।
हङकङकी इक्व्रा सहारले सर्वाधिक ३ विकेट लिइन् । त्यस्तै रुचिता भेनन्कातेसले २, कप्तान केरी चेन र मेरिको हिलले समान १–१ विकेट लिएका थिए ।
नेपालले अहिले हङकङविरुद्ध बलिङ सुरु गरेको छ ।
View : 207
Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved