Biratnagar, Morang, Nepal
२४ फागुन २०८२, आइतवार
+977 21 450305, 515728, 578305
कोशी

धनकुटाबाट एमालेका राजेन्द्र कुमार राईको ह्याट्रिक

उद्‌घोष संवाददाता
२३ फागुन २०८२, शनिवार

धनकुटा । प्रतिनिधिसभा सदस्य निर्वाचनमा धनकुटाबाट नेकपा एमालेका नेता राजेन्द्र कुमार राईले ह्याट्रिक गरेका छन् । 

उनले १८ हजार २३२ मत प्राप्त गर्दै जीत हासिल गरेका हुन् । निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका दिनेश राईले १४ हजार २५७ मत प्राप्त गर्दै दोस्रो स्थानमा सीमित भएका छन् ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको मतपरिणामअनुसार राईले करिब चार हजार मतको अन्तरले जित निकाल्दै धनकुटामा एमालेको प्रभाव कायम राखेका छन् ।

मतगणनाको सुरुवातदेखि नै अग्रता लिने क्रममा श्रम संस्कृति पार्टीका उम्मेदवारसँग परेपनि उनले त्यसपछिको अग्रतालाई कायम राख्दै अन्तिम नतिजा आफ्नो पक्षमा पारेका हुन् ।

यो विजयसँगै कोशी प्रदेशमा एमालेबाट जित्ने दोस्रो उम्मेदवार पनि राई बनेका छन् । उनको विजयले धनकुटाका एमाले नेता कार्यकर्ता उत्साहित बनेका छन् ।

यसअघि उनले २०७४ र २०७९ सालको प्रतिनिधिसभा निर्वाचन जितेका थिए । २०७४ सालको निर्वाचनमा उनले १० हजारभन्दा बढी मतान्तरले निर्वाचित भएका थिए । २०७९ को निर्वाचनमा पनि झण्डै १ हजार ४०० मतान्तरले निर्वाचित भएका थिए ।

विद्यार्थी राजनीतिबाट राजनीतिमा उदाएका राई यसअघि भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री तथा खानेपानी मन्त्रीको रूपमा काम गरिसकेका छन् ।

यसपटकको निर्वाचनमा उनले जिल्लाभित्र कृषि विकास, सडक पूर्वाधार विस्तार, शिक्षा र स्वास्थ्य सेवा सुधारलाई मुख्य चुनावी एजेन्डा बनाएका थिए ।

View : 46

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved