Biratnagar, Morang, Nepal
७ मंसिर २०८१, शुक्रवार
+977 21 450305, 515728, 578305
राष्ट्रिय

कोशी प्रदेशमा मानव अंग प्रत्यारोपणका लागि उपकेन्द्र खोलिने

उद्घोष सम्वाददाता
३० साउन २०८१, बुधवार

विराटनगर । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले सातवटै प्रदेशमा मानव अंग प्रत्यारोपणका लागि उपकेन्द्र खोलिने घोषणा गरेका छन् । विश्व अंगदान दिवसको अवसर पारेर मन्त्री पौडेलले सो घोषणा गरेका हुन् ।

शहीद धर्मभक्त राष्ट्रिय मानव अंग  प्रत्यारोपण केन्द्र भक्तपुरमा अंगदान गर्ने ब्यक्तिहरुलाई सम्मान गर्दै मन्त्री पौडेलले केन्द्रको उपकेन्द्रको रुपमा कोशी प्रदेशमा चाँडै शाखा खोलिने बताए । उक्त शाखा खोलिने बिषय उनले हालै आफूले सार्वजनिक गरेको कार्यक्रममा पनि समाबेश गरिसकेको बताए । 

मानव अंगदानका लागि सबै प्रदेशमा यसै केन्द्रको शाखाका रुपमा उपकेन्द्र सञ्चालन हुनेछन्,’ मन्त्री पौडेलले भने, ‘तत्काल कोशी प्रदेशबाट यो काम थालिनेछ ।’ 

‘केन्द्रले मात्र देशैभर सेवा दिन सक्दैन,’ उनले भने, ‘त्यसैले भक्तपुरलाई केन्द्र बनाएर सातै प्रदेशमा अंग प्रत्यारोपण उप केन्द्र खोल्ने तयारी गरेका छौं । उनले कोशी प्रदेशका शाखामा बिस्तार गरिने पहिलो प्राथामिकता भए पनि अरु प्रदेशमा पनि चाँडै काम थालिने गरी तयारी अघि बढिरहेको बताए । 

सीमित जनशक्ति, पूर्वाधार र स्रोतका कारण चाहेजस्तो सेवा दिन नसकिएको उल्लेख गर्दै मन्त्री पौडेलले हाल झएका जनशक्ति र स्रोतलाई अधिक सत्रिय बनाएर जनतालाई बढी लाभ दिने गरी काम गर्ने प्रतिबद्धता जनाए ।

मैले यो कुरा ‘स्टन्ट’ गर्न भनेको होइन, मन्त्री पौडेलले भने, यो आवश्यकता हो । पूर्वाधार, जनशक्ति र उपकरणको पक्षबाट व्यवस्थित गर्छौं । मन्त्री पौडेलले अस्पताललाई उपकरण तथा जनशक्ति थप्ने विषयमा आवश्यक पहल गर्न प्रतिबद्ध रहेको पनि बताए ।

मन्त्री पौडेलले मानव अंगदान जीवनदान भएको भन्दै यसलाई प्रोत्साहित गरिनु जरुरी रहेको उल्लेख गरे । कार्यक्रममा अंगदातालाई सम्मान गर्दै मन्त्री पौडेलले आफूले पनि अंगदान गर्ने घोषणा गरे ।

View : 129

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved