Biratnagar, Morang, Nepal
२३ फागुन २०८२, शनिवार
+977 21 450305, 515728, 578305
आर्थिक

अध्ययन तथा सिकाइ अनुभव आदानप्रदान गर्न उद्योग वाणिज्य महासंघ कोशीको पाँच प्रदेश भ्रमण

उद्‌घोष संवाददाता
१८ चैत २०८०, आइतवार

विराटनगर । नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशले १४ वटै जिल्लाका जिल्ला–नगर उद्योग वाणिज्य संघका कार्यालय सचिवहरूलाई अन्तर प्रदेश भ्रमण थालेको छ ।

शुक्रबार सुरुभएको भ्रमण मधेश प्रदेशको राजधानी जनकपुर हुँदै आइतबार गण्डकी प्रदेशको सदरमुकाम पोखरा पुगेको छ ।

संघका ३० जना  सचिवालय प्रमुखलाई नेपाल उद्योग वाणिज्य महासंघ मधेश प्रदेश, जनकपुर उद्योग वाणिज्य संघ, मकवानपुर उद्योग वाणिज्य संघ, उद्योग वाणिज्य महासंघ बाग्मती प्रदेशमा अध्ययन तथा सिकाइ अनुभव आदान प्रदान गरिएको छ ।

जिल्ला– नगर उद्योग वाणिज्य संघका कार्यालय सचिवहरूले मधेश प्रदेशको जनकपुर, बागमती प्रदेशको हेटौँडा र गण्डकी प्रदेशको पोखरासम्म पुगेको अध्ययन तथा सिकाइ भ्रमण सम्पन्न गर्ने नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशका कार्यकारी निर्देशक राधारमण (श्याम) भण्डारीले जानकारी दिए ।

उनले प्रदेश महासंघको स्थापनापछि उनीहरूले गरेका आर्थिक, समाजिक गतिविधिबारे थाह पाउन भ्रमण भइरहेको बताए ।

नेपाल उद्योग वाणिज्य महासंघ मधेश प्रदेशका कार्यकारी निर्देशक प्रदिप दत्तले श्रम समस्या, कर, भ्याट, उद्योगमैत्री नीति बनाउन आफूहरूले संघ र प्रदेश सरकारसँग निरन्तर छलफलमा रहेको जानकारी दिए ।

उद्योग वाणिज्य महासंघ बाग्मती प्रदेशका अध्यक्ष दिल सुन्दर श्रेष्ठले कोशी प्रदेशका कार्यालय सचिवहरूलाई महासंघको बाग्मती प्रदेशको गतिविधिबारे जानकारी गराउँदै निकट भविष्यमा महासंघको हेटौंडामा आफ्नै भवन बनाउने गृहकार्य भइरहेको बताए ।

नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशका कार्यकारी सदस्य वीरेन्द्रकुमार साहले कोशी प्रदेशमा महासंघले कामदारलाई तालिम दिएर करिव ६ सयजनालाई उद्योगमा रोजगारी दिलाएको बताए ।

नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशको उक्त भ्रमण मधेस, बाग्मती, गण्डकी र लुम्बिनी प्रदेश उद्योग वाणिज्य महासंघसँग अध्ययन तथा सिकाइ भ्रमण चैत २० गते विराटनगर फर्कने छ ।

View : 494

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved