Biratnagar, Morang, Nepal
२३ फागुन २०८२, शनिवार
+977 21 450305, 515728, 578305
राजनीति

उदयपुर–१ बाट लगातार तीन पटक चुनाव जितेका डा. नारायण खड्का यसपटक नलड्ने

उद्‌घोष संवाददाता
४ माघ २०८२, आइतवार

विराटनगर । उदयपुरको निर्वाचन क्षेत्र नम्बर १ मा लगातार तीन पटक चुनाव जितिसकेका कांग्रेस नेता डा. नारायण खड्काले आगामी निर्वाचन नलड्ने भएका छन् । क्षेत्रीय समिति र जिल्लाबाट सर्वसम्मत सिफारिस भएका डा. खड्काले सूचीबाट आफ्नो नाम हटाउन पार्टी कार्यालयका मुख्य सचिवलाई आग्रह गरेका हुन् ।

देउवा निकट रहेका कांग्रेस नेता खड्का कांग्रेस विशेष महाधिवेशनले पार्टीलाई कमजोर बनाउने भन्दै आफु गुट र समुहमा विश्वास नगर्ने घोषणा गरेका थिए ।

गगन थापालाई निर्वाचन आयोगले आधिकारिता दिएपछि डा. खड्काले शनिबार आफ्नो सामाजिक संजालमार्फत सिफारिसको सूचीबाट आफ्नो नाम हटाइ दिन आग्रह गरेका हुन् ।

उनले देउवा नियन्त्रणमा रहेको कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिवलाई सम्बोधन गर्दै उम्मेदवारको सूचीबाट नाम हटाउन आग्रह गरेका हुन् । 

‘उपरोक्त विषयमा नेपाली काग्रेस कोशी प्रदेश कार्यसमितिवाट उदयपुर क्षेत्र नं. १ को प्रतिनिधिसभा सदस्य २०८२ को लागि उम्मेदवारहरूको प्रस्तावित सिफारिस सुचीमा मेरो पनि नाम राखिएकोमा मेरो नाम सो सुचीबाट हटाई दिनु हुनको लागि नेपाली काग्रेसको केन्द्रीय कार्यालयको सम्बन्धित निकायलाई मेरो यो पत्रको जानकारी गराई दिनु हुन अनुरोध गर्दछु’ उनले भनेका छन् ।

डा. खड्का २०७० को दोस्रो संविधान सभा, २०७४ को प्रतिनिधि सभा र २०७९ को प्रतिनिधि सभामा लगातार उदयपुर–१ बाट निर्वाचित भएका थिए ।

प्रतिनिधि सभाको निर्वाचन घोषणा भएर कांग्रेसको विशेष महाधिवेशन सुरु हुनुअघिसम्म उनी निर्वाचन क्षेत्रमै विद्यालयहरूमा लुगा कपडा र झोला वितरण कार्यक्रममा देखिंदै आएका थिए ।

View : 111

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved