Biratnagar, Morang, Nepal
६ मंसिर २०८१, बिहिवार
+977 21 450305, 515728, 578305
कोशी

कोशी प्रदेशका इञ्जिनियरहरुलाई लाग्यो चुनाव, दलगत प्यानल बनाएर भिड्ने तयारीमा

उद्घोष सम्वाददाता
२१ भदौ २०८१, शुक्रवार

विराटनगर । इञ्जिनियरहरुको छाता संगठन नेपाल इञ्जिनियर्स एसोसिएसन कोशी प्रदेशको नेतृत्व चयनका लागि  जगरनाथ साह र प्रदिप नेपालको समूहबीच प्रतिस्पर्धा हुने भएको भएको छ । 

आगामी शुक्रबार निर्वाचनमा साहको नेतृत्वमा लोकतान्त्रिक र नेपालको नेतृत्वमा प्रगतिशील समूहबीच भिडन्त हुन लागेको हो । नेपाली कांग्रेस निकट लोकतान्क्रिक समूह र कम्युनिस्ट निकट संयुत्त प्रगतिशील इञ्जिनियर्स समूहबीच भिडन्त हुने भएको हो ।

नेपाली कांग्रेस निकट इन्जिनियरहरूको समूह (सिडेन) को तर्फबाट सभापतिमा जगरनाथ शाह, उपसभापतिमा उमेश तुम्वाहाङ, सचिव अविनाश ठाकुर, सहसचिव पवन कार्की र कोषाध्यक्षमा सुधीर यादवको उम्मेदवारी परेको छ ।

यसैगरी सदस्यहरूमा शोभित कामत, निशित मिश्र, नितु कोइराला, प्रशान्त अधिकारी, उज्ज्वल देव, अर्पण राउत, विशालकुमार झा, ज्योतिनारायण चौधरी, सुवर्ण कोइराला र राजकुमार ढकाल छन् । 

कांग्रेसको समूह विरुद्धमा नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी निकटका इन्जिनियरहरुको प्रगतिशील समूह प्रतिस्पर्धामा उत्रिएका हुन् । तर पनि कांग्रेस निकट सिडेनकै समूह बलियो भएको बताएको छ ।

प्रगतिशील समूहबाट सभापतिमा प्रदीप नेपाल, उपसभापति राजेशकुमार लभरमण, सचिव सञ्जयकुमार झा, सहसचिव साङ्ग्रीला लामा र कोषाध्यक्षमा शोभित घिमिरे प्रतिस्पर्धामा छन् ।  

यस्तै सो समूहबाट सदस्यहरुमा सागर बुढाथोकी, अजयराज श्रेष्ठ, विशाल श्रेष्ठ, राजु अन्सारी, उमेश साह, चन्द्रप्रसाद आचार्य, सुमन दाहाल, दिपाङ्करप्रसाद भगत, केवल परियार र लक्ष्मी आले मगरको उम्मेदवारी छ । 

निर्वाचनमा कोशी प्रदेशस्तरीय चुनावमा एक हजार २१ जना मतदाता रहेको नेपाल इञ्जिनियर्स एसोसिएसन कोशी प्रदेशका अध्यक्ष ई. जयनाथ यादवले बताए ।

View : 275

Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved