सप्तरी । राजविराज नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद गुरुङलाई नियमित कामकाजमा अवरोध नगर्न उच्च अदालत जनकपुर, राजविराज इजलासले आदेश दिएको छ ।
राजविराज नगरपालिकाले आफ्नो क्षेत्राधिकार नाघेर संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा फिर्ता पठाउने निर्णय गरी पत्र दिएपछि त्यस विरुद्ध गुरुङले अदालतमा रिट दायर गरेका थिए ।
गुरुङको रिटमा न्यायाधीश कोशलचन्द्र सुवेदीको एकल इजलासले अर्को आदेश जारी नभएसम्म निवेदकलाई हाजिर भै नियमित कामकाज गर्न अवरोध नगर्नु गर्न नदिनु भनी नगरपालिका र नगर प्रमुख इसरत प्रविणसमेतका नाममा अन्तरिम आदेश दिएको हो ।
View : 315
Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved