Biratnagar, Morang, Nepal
५ असोज २०८३, सोमवार
+977 21 450305, 515728, 578305
आर्थिक

ज्योती विकास वैंकद्वारा विराटनगर मालपोतलाई कम्प्युटर प्रदान

उद्‌घोष संवाददाता
६ असोज २०८२, सोमवार

Advertisement

विराटनगर । ज्योती विकास बैंकको विराटनगर शाखाले मालपोत कार्यालय विराटनगरलाई कम्प्युटर र प्रिन्टर हस्तानान्तरण गरेको छ ।

जेनजी आन्दोलनबाट कार्यालयको भवनमा आगजानी तथा लुटपाट हुँदा ठुलो भौतिक क्षति हुँदा सेवा प्रवाह ठप्प भएकोले कम्प्युटर लगायतका उपकरण प्रदान गरिएको जनाइएको छ । 

बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगत कार्यालयलाई करीव ८० हजार रुपैयाँ मूल्य बराबरको एक थान कम्प्युटर र प्रिन्टर उपलब्ध गराइएको शाखा प्रबन्धक लिलबहादुर खड्काले बताए । 

उनले कार्यालयका निमित्त मालपोत अधिकृत गोविन्द दाहाललाई उक्त कम्प्युटर र प्रिन्टर हस्तानान्तरण गरिएको बताए ।

View : 673

Udghosh Daily प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१० सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१
अध्यक्ष : मोहन भण्डारी
सम्पादक : बन्धु पोखरेल

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved