Biratnagar, Morang, Nepal
१६ माघ २०८१, बुधवार
+977 21 450305, 515728, 578305
अन्तर्राष्ट्रिय

हसिना शासनकालमा अपहरण गरिएका दुई सय बङ्गलादेशी अझै बेपत्ता

उद्‌घोष सम्वाददाता
२० कार्तिक २०८१, मङ्गलवार

Advertisement

ढाका, २० कात्तिक । अपदस्थ प्रधानमन्त्री शेख हसिनाको शासनकालमा सेनाले अपहरण गरेका करिब २०० जना बङ्लादेशीहरू अझै बेपत्ता रहेको जबरजस्ती बेपत्ता भएका घटनाहरूको अनुसन्धान आयोगका सदस्य नूर खानले मङ्गलबार बताएकी छिन् ।  

गत अगस्टमा विद्यार्थी नेतृत्वको विद्रोहमा भएको प्रदर्शन पछि हसिना हेलिकप्टर मार्फत छिमेकी देश भारत भागेकी थिइन् ।

हसिना सरकारमाथि मानव अधिकार हननको आरोप तथा सयौंको गैरकानुनी अपहरण र बेपत्ता भएको आरोप लगाइएको थियो ।

हाल कार्यवाहक सरकारले गठन गरेको अनुसन्धान आयोगले हसिनाको निष्कासनपछि पाँच जनालाई गोप्य हिरासत केन्द्रबाट रिहा गरिएको तर अझै धेरैको विवरण नआएको  जनाएको छ ।

आयोगका अध्यक्ष मोइनुल इस्लाम चौधरीले सरकार र न्यायपालिकामा संस्थागत विच्छेदले पनि हसिनाको नेतृत्वमा दण्डहीनताको वातावरण फस्टाएको बताएका छन् ।

उनीहरूले कानून प्रवर्तन एजेन्सीलाई सार्वजनिक हितमा नभइ आफ्नै एजेन्डा र राजनीतिक हितका लागि प्रयोग गरेको बताएका छन् ।  

आयोग नोबेल शान्ति पुरस्कार विजेता मुहम्मद युनुसको अन्तरिम सरकारका  लोकतान्त्रिक सुधारहरू कार्यान्वयन गर्ने प्रयासको हिस्साको रूपमा स्थापना गरेको थियो । रासस

View : 94

Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved