Biratnagar, Morang, Nepal
२६ पुष २०८१, शुक्रवार
+977 21 450305, 515728, 578305
आर्थिक

लक्ष्मीमार्गमा सांस्कृतिक तथा औद्योगिक महोत्सव हुने

उद्‌घोष सम्वाददाता
१९ मंसिर २०८०, मङ्गलवार

सुन्दरहरैंचा : बेलबारी–११ मा लक्ष्मीमार्ग सांस्कृतिक तथा औद्योगिक महोत्सव हुने भएको छ । महोत्सव आयोजना हुने स्थान लक्ष्मी माविमा आयोजक डाँगीहाट युथ क्लवले पत्रकार सम्मेलनको आयोजना गरी महोत्सवको बारेमा जानकारी गराएको हो । 

मङ्सिर १८ देखि २६ गतेसम्म सञ्चालन हुने महोत्सवमा स्थानीय उत्पादनको बजारीकरणका लागि कृषि उत्पादनका १५ वटा स्टल राखिने भएको छ । स्थानीयले उत्पादन गरेका हस्तकलाका उत्पादनको प्रदर्शनीका निःशुल्क स्टल ब्यवस्था मिलाइएको छ । यस्तै विभिन्न जातजातिका खानाको प्रदर्शनी र ब्यापार प्रवर्द्धनका लागि १० वटा स्टलको ब्यवस्थापन गरिने छ । 

दैनिक राष्ट्रिय स्तरका कलाकारले गीतसंगीत पस्किने महोत्सवमा दैनिक ३ हजार बढीले अवलोकलन गर्ने आयोजक समितिका संयोजक ज्ञानुराज राईले बताए । 

महोत्सवका आर्थिक संयोजक शिवकुमार राईले मेला आयोजनाका लागि ४१ लाख ५ हजार रूपियाँ खर्च हुने अनुमान गरिएको बताए । महोत्सवबाट ६ लाख रूपियाँ आम्दानी हुने अनुमान गरिएको छ ।

सोमबार दिउँसो महोत्सवको उद्घाटन मोरङ ३(२) का सांसद ज्ञानेन्द्र सुवेदीले गर्ने आयोजकले उल्लेख गरेको छ ।

महोत्सवमा राजेशपालय राई, मेलिना राई, एलिना चौहान, रचना रिमाल तथा सविन राईलगायतका कलाकारहरूले सांगीतिक प्रस्तुति प्रदान गर्ने महोत्सव आयोजक समितिका सचिव शम्भु बस्नेतले जानकारी दिए ।

View : 213

Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved