सुन्दरहरैंचा : मोरङको सुन्दरहरैंचास्थित इन्द्रपुर बहुउद्देश्यीय सहकारी संस्थाको २३ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ ।
कार्यक्रममा संस्थाका अध्यक्ष रामप्रसाद गजुरेलले वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए । इन्द्रपुर सहकारीमा महिला ८९६ र पुरूष ७८३ गरी १६७९ शेयर सदस्य तथा शेयर पुँजी ४ करोड ५ लाख ११ हजार ६ सय रहेको उल्लेख गरिएको छ ।
साधारणसभामा असल ऋणी र असल बचतकर्ताहरूलाई पुरस्कार वितरणका साथै जेष्ठ सदस्यहरूलाई सम्मान तथा कर्मचारीलाई नगद सहित पुरस्कार वितरण गरिएको थियो । साधारणसभाको नगर प्रमुख केदारप्रसाद गुरागाई, संस्थाका सल्लाहकार संयोजक चुडामणि तिम्सिनालगायतले सफलताको शुभकामना दिएका थिए ।
View : 147
Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved