Biratnagar, Morang, Nepal
२३ फागुन २०८२, शनिवार
+977 21 450305, 515728, 578305
स्वास्थ्य

योगले मन र विचार पवित्र हुन्छ : मन्त्री पराजुली

उद्‌घोष संवाददाता
१० माघ २०८२, शनिवार

विराटनगर । कोशी प्रदेशका पर्यटन, वन तथा वातावरण मन्त्री भिम पराजुलीले योगमा लिन भए मन र बिचार पवित्र हुने बताएका छन् ।

मनोक्रान्तिको ५ दिने योग शिविरको उद्घाटन गर्दै मन्त्री पराजुलीले सत्कर्ममा लाग्न योग आवश्यक भएको बताए । विराटनगर–३ ढाटमा बिहीबारबाट सुरु भएको शिविरमा उनले जीवनलाई सकारात्मक बनाउन सबैलाई योगमा जोड्न आग्रह गरे । 

संसार बदल्ने सोचका साथ मनोक्रान्तिको योगमा लागेको सहभागीहरूले बताएका छन् । मानव समाजमा योगले महान बदलाव ल्याउने प्रशिक्षकहरुले बताए । 

बिहान साढे ४ देखि साढे ६ बजेसम्म खुल्ला चौरमा संचालन गरिएको मनोक्रान्ति स्मार्ट योग शिविरमा युवाहरुको आकर्षण देखिएको छ ।

विकासानन्द फाउण्डेशनको सहयोगमा संचालित शिविरमा पोखराबाट आएका प्रशिक्षकले प्रशिक्षण दिंदैछन् । 

फाउण्डेशनले देश तथा विदेशमा योग ध्यानको माग अनुसार शिविर संचालन गर्दै आएको छ । स्थानीयको माग अनुसार शिविर संचालन गरिएको कार्यक्रम संयोजक नवराज पोखरेलले बताए ।

View : 149

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved