Biratnagar, Morang, Nepal
२८ पुष २०८१, आइतवार
+977 21 450305, 515728, 578305
समाज

दुर्व्यसन विरूद्ध सचेतनामूलक कार्यक्रम

उद्‌घोष सम्वाददाता
३१ असार २०८१, सोमवार

विराटनगर । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले सीमा नाकाहरूलाई लक्षित गरी लागुऔषध दुर्व्यसन रहित समाजको निर्माण गर्नर् ेउद्देश्यले दुर्व्यसन बिरूद्ध आमाहरू र सचेतनामूलक कार्यक्रम सञ्चालन गरेको छ ।

जिल्ला प्रहरी कार्यालय मोरङ, इलाका प्रहरी कार्यालय रानी र सामुदायिक फ्रहरी सेवा केन्द्र रानीको सहकार्यमा आइतबार लागुऔषध दुर्व्यसनी बिरूद्ध सचेतनामूलक कार्यक्रम थालनी गरिएको हो ।

कार्यत्रमलाई सम्बोधन गर्दै कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक चन्द्रकुबेर खापुङले लागुऔषध दुर्व्यसनलाई निरूत्साहित गरी स्वस्थ्य, सुखी परिवार र समुन्नत समाज निर्माण गर्नको लागि दुर्व्यवसन विरूद्ध आमाहरू कार्यक्रम अभियानकै रूपमा ल्याएको बताए ।

बालबालिकाहरूसँग बढी समय आमाहरूले बिताउने हुँदा उनीहरूको बानी व्यहोरामा आएको परिवर्तन सहजै आमाहरूले महसुस गर्ने भएकोले आमा समूहलाई अगुवा बनाएर कार्यक्रम सञ्चालनमा ल्याइएको उनको भनाइ छ । 

विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले नेपाल प्रहरीले लागुऔषधको प्रयोग तथा ओसारपसार नियन्त्रण गरी युवाहरूलाई लागुऔषधको कुलतबाट जोगाउन सञ्चालनमा ल्याएको दुर्व्यसनविरूद्ध आमाहरू कार्यक्रम स्वागतयोग्य रहेको बताउँदै यस्ता कार्यक्रममा महानगरको सदैव साथ र सहयोग रहने वताए ।

कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रहरी वरिष्ठ उपरीक्षक भीमबहादुर दाहालले लागुऔषधको प्रयोगले व्यक्तिगत जीवन, पारिवार र समाजलाई असर पुर्‍याउनुका साथै अपराधका घटनाहरूसमेत बढाउने भएकोले यसलाई नियन्क्रण गर्न गत चैत १४ गते दुर्व्यसनविरूद्ध आमाहरू कार्यत्रमको शुभारम्भ गरी कोशी प्रदेशअन्तर्गत रहेका पालिका र वडास्तरसम्म कार्यसमिति गठन गरी कार्यक्रम सञ्चालन गरिरहेको जानकारी दिए ।

View : 154

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved