विराटनगर । सोलुखुम्बुको माप्य दुधकोशी गाउँपालिका–६ र ७ को सीमानास्थित भिरकुनामा बिहीबार साँझ भएको बोलेरो दुर्घटनामा तीन युवतीको मृत्यु भएको छ । दुर्घटनामा अन्य ६ जना यात्रु घाइते भएका छन् ।
मृत्यु हुनेमा सोलुखुम्बुकै महाकुलुङ गाउँपालिका–३ छेस्कामकी १६ वर्षीया हबी राई, सोही ठाउँकी २० वर्षीया शान्ति राई र १७ वर्षीया निर्जला राई रहेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।
बा ०१–०३१ च ५९२५ नम्बरको बोलेरो जीप बिहीबार साँझ करिब ६ः३० बजेको समयमा दुर्घटना भएको हो । उक्त जीप सडकबाट पाँच सय मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका नायव उपरीक्षक मनोजीत कुँवरले बताए ।
दुर्घटनामा परी घाइते भएका मध्ये चार महिला र दुई पुरुष रहेका छन् ।
जीपमा चालकसहित ११ जना सवार रहेका थिए । जसमध्ये दुईजना यात्रुमात्रै सकुशल रहेको जनाइएको छ । घाइतेहरूको स्थानीय स्वास्थ्य केन्द्रहरूमा उपचार भइरहेको जनाइएको छ ।
View : 309
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved