विराटनगर । प्रथम कोशी इलाइट कप क्रिकट प्रतियोगिता अन्तरगत बुधबार भएको उद्घाटन भएको खेलमा कप्तान दिपेश कँडेलको अलाराउन्ड प्रदर्शनमा मोरङले विजयी सुरुवात गरेको छ ।
सुनसरीसँगको उद्घाटन खेलमा मोरङ १३३ रनको फराकिलो अन्तरमा विजयी हुँदै महत्वपूर्ण २ अंक जोडेको छ ।
कोशी प्रादेशिक क्रिकट संघ र नेपाल क्रिकेट फाउण्डेशनको आयोजनामा विराटनगरस्थित ज्वाला क्रिकेट ग्राउण्डमा पहिलो पटक सेतो जर्सी र रातो बलमा वान डे क्रिकेट प्रतियोगिता संचालन गरिएको हो ।
टस जितेर ब्याटिङ रोजेको मोरङले निर्धारित ५० ओभर ८ विकेट गुमाएर २२० रनको सम्मानजनक योगफल तयार पारेको थियो ।
मोरङका शाकिव हकले ४२ रन बनाउँदा कप्तान दिपेश कँडेलले अविजित ४१ रन, कृतिक कामतले ३७ रन, विशाल ढकालले २३ रन, अटल साहले २६ तथा आइस्टाइन रिजाल र फिर्दोस अन्सारीले १०–१० रनको योगदान दिए ।
सुनसरीका समिर तिम्सिनाले ३ विकेट लिँदा कविराज खत्रीले २ विकेट, रिजन पाण्डे र गौरभ कटवालले १–१ विकेट लिए ।
२२१ रनको लक्ष्य पाएको सुनसरीले ३४ दशमलव २ बलमा सवै विकेट गुमाई ८७ रनमा सिमित भयो ।
सुनसरीका अफन ताहिरले सर्वाधिक २२ रन बनाए । त्यस्तै कविराज खत्रीले १४ रन, आकास सर्राफले १३ रन र रितेश रायले १० रन बनाए ।
मोरङका दिपेश कँडेलले ५ विकेट लिंदा फिर्दोस अन्सारी र प्रेम कामतले समान २–२ विकेट लिए ।
दिपेशले ७ दशमलव २ बलमा १२ रन मात्र दिए ।
खेलको प्लेयर अफ म्याच मोरङका अलराउण्डर खेलाडी दिपेश कँडेल घोषित भए ।
प्रतियोगितामा प्रधानमन्त्री कप क्रिकेटमा कोशी प्रदेशबाट उत्कृष्ट भएका तीन जिल्ला झापा, मोरङ र सुनसरीको टिमको सहभागिता रहेका छन् ।
बिहीबार झापा र मोरङबीच प्रतिस्पर्धा हुँदैछ ।
View : 72
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved