Biratnagar, Morang, Nepal
३१ वैशाख २०८१, सोमवार
+977 21 450305, 515728, 578305
कोशी

केदार कार्कीलाई दिएको समर्थन फिर्ता लिनुअघि एमालेले लगाएका यी हुन् चार मुख्य आरोप (पत्रसहित)

उद्घोष सम्वाददाता
२६ चैत २०८०, सोमवार

विराटनगर । आफैंले सनाखत गरेर मुख्यमन्त्री बनाएका कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्की नेतृत्वको सरकारलाई दिएको समर्थन एमालेले फिर्ता लिएको छ । गठबन्धन फेरिएपछि कार्की नेतृत्वकै सरकारमा रहेको माओवादी केन्द्रले समेत तीनजना मन्त्रीहरु फिर्ता बोलाएर सोमबार प्रदेश प्रमुख समक्ष सरकारलाई दिएको समर्थन फिर्ता लिने जानकारी गराएको छ ।

समर्थन पिर्ता लिने क्रममा एमालेले मुख्यमन्त्री कार्कीलाई मुख्यतया चारवटा बिषयमा आरोप लगाएको छ । प्रदेश प्रमुख खापुङ्ग समक्ष मुख्यमन्त्री कार्कीलाई दिएको समर्थन फिर्ता लिएको जानकारी गराउँदै एमालेले चार आरोप लगाएको हो । 

एमालेले आफ्नै समर्थनमा २०८० असोज २५ मा ३९ जना प्रदेश सभा सदस्यले मुख्यमन्त्री बनाउन समर्थन दिएको आधारमा कार्की मुख्यमन्त्री नियुक्ति भएको, असोज २८ मा संसदीय दलको तर्फबाट उपनेता राम बहादुर मगर मन्त्री नियुक्ती भएको र कात्तिक १ मा विश्वासको मत समेत दिएको स्वीकार गरेको छ ।

तर यस बिचमा मुख्यमन्त्री कार्कीले मुख्यमन्त्रीको हैसियतले गरेका काम कारवाही सन्तोषजनक नरहेको महसुस गरेर सरकारमा सहभागी मन्त्री मगरले कात्तिक १८ मा मन्त्री पदबाट राजिनामा दिएको स्मरण गराएको छ ।

मुख्यमन्त्रीले मुलतः देहायका अनावश्यक र अनुचित काम कार्वाही गरेको भन्दै बुँदागत आरोप लगाएको हो ।

आरोपको पहिलो बुँदामा पदीय जिम्मेवारी ठिक ढंगले निर्वाह नगरेको, दोस्रोमा समय समयमा अनुचित र अस्वाभाविक अभिव्यक्ति दिने गरेको, तेस्रोमा सस्तो लोकप्रियताका लागि सरकारी कोषबाट विना अध्ययन अनुसन्धान अनावश्यक र अनुचित ढंगले रकम खर्च गरेको र चौथौंमा प्रदेशिक संरचनाको प्रतिष्ठामा आँच आउने व्यवहार प्रदर्शन गरेको आरोप एमालेले लगाएको हो ।

जसका कारण एमाले संसदीय दलको तर्फबाट सरकारमा सहभागीता रहने गरी २०८० असोज २७ मा मुख्यमन्त्री नियुक्तिका लागि र २०८० कात्तिक १ मा विश्वासको मतको पक्षमा समेत गरी दुवै पटक दिएको समर्थन नेपालको संविधान बमोजिम आजैको मितिबाट औपचारिक रुपमा फिर्ता लिएको एमालेले जनाएको छ ।

View : 119

Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved