Biratnagar, Morang, Nepal
२३ फागुन २०८२, शनिवार
+977 21 450305, 515728, 578305
शिक्षा

महेन्द्रोदयको ६३औं वार्षिकोत्सव

उद्‌घोष संवाददाता
२२ पुष २०८०, आइतवार

भोजपुर । षडानन्द नगरपालिका–१४ बोया स्थित महेन्द्रोदय माविको ६३औं वार्षिकोत्सवको अवसरमा खेलकुद, हाजिरीजवाफ, पुरस्कार वितरण लगायतका कार्यक्रम सम्पन्न भएको छ ।

बुधबार सम्पन्न वार्षिकोत्सवकमा उत्कृष्ट विद्यार्थी एवम् अन्तर विद्यालयस्तरीय प्रतियोगितामा विजयी विद्यार्थीलाई पुरस्कार वितरण गरिएको थियो ।

षडानन्द नगरपालिकाका नगर प्रमुख सुरेन्द्र खवासको प्रमुख आतिथ्यतामा भएको सो कार्यक्रममा  विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मानबहादुर तामाङ, प्रधानाध्यापक नुतन पराजुली, सहायक प्रधानाध्यापक टेकबहादुर चौहान, दिनेश आचार्य, वडा नं १४ का अध्यक्ष झम्क रोकाय लगायतको उपस्थिति थियो ।

View : 468

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved