विराटनगर । नेपालका लागि हिरो ब्राण्डको मोटरसाइकलको आधिकारिक वितरक सिजी मोटर्सले सोमबार विराटनगरमा माइलेज चेकअप सम्पन्न गरेको छ ।
कम्पनीको विराटनगर बिक्रेता लक्ष्मी ट्रेडिङ हाउस प्रालि हाताबाट सुरू भई करिव २० किलोमिटरको दुरीमा मोटरसाइकल कुदाएर माइलेज चेक गरिएको हो । हिरो ब्राण्डको सुपर स्प्लेण्डर मोटरसाइकलका २० जना प्रतिनिधि ग्राहक माझ गरिएको माइलेज चेकअपमा प्रतिलिटर ९० किलोमिटरसम्म माइलेज मापन गरिएको कम्पनीका रिजनल सर्भिस मेनेजर हेमशंकर शाहले जानकारी दिए ।
माइलेज चेकअपमा सबैभन्दा बढी माइलेज मापन गरिएका पहिलो, दोस्रो र तेस्रो हुनेलाई आकर्षक उपहार प्रदान गरिएको थियो । जसमा उपेन्द्र मुखिया प्रथम, सूर्य सिग्देल दोस्रो र दिव्यभगत तेस्रो भएका थिए । अन्य सहभागीहरूलाई प्रमाणपत्र वितरण गरिएको थियो ।
बिजेताहरूलाई विराटनगर महानगरपालिका वडा नं.–५ का वडाध्यक्ष सन्तोष न्यौपाने, लक्ष्मी ट्रेडिङ हाउस प्रालिका अध्यक्ष सुवास आचार्य, कम्पनीका रिजनल सेल्स मेनेजर कुन्दन भण्डारीलगायतले पुरस्कार वितरण गरे । ग्राहकको मोटरसाइकलमा आवश्यकता अनुसार ३ देखि ७ लिटरसम्म पेट्रोल कम्पनीले निःशुल्क प्रदान गरेको थियो ।
View : 232
Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved