Biratnagar, Morang, Nepal
७ मंसिर २०८१, शुक्रवार
+977 21 450305, 515728, 578305
राष्ट्रिय

सौर्य एयरको जहाज दुर्घटना

१८ जनाको मृत्यु, पाइटलको उद्धार (नामावलीसहित)

मृत्यु हुनेमा सबै जहाजकै कर्मचारी
उद्घोष सम्वाददाता
९ साउन २०८१, बुधवार

विराटनगर, ९ साउन । काठमाडौँस्थित त्रिभुवन विमानस्थलमा बुधबार विहान ११ बजे सौर्य एयरलाइन्सको ९एन–एएमई कलसाइन भएको सिआरजे–२०० जहाज दुर्घटना हुँदा १८ जनाको मृत्यु भएको छ । जहाजका पाइलट ३७ वर्षीय मनिष शाक्यको भने उद्धार गरिएको छ । उनको अहिले केएमसी अस्पतालमा उपचार भइरहेको जनाइएको छ ।

त्रिभुवन विमानस्थलबाट पोखराका लागि उडेको जहाज करिव दुई सय मिटर माथि पुगेपछि कोल्टिएर भुईँमा बजारिएको सामाजिक सञ्जालमा सार्वजनिक भएका भिडियोमा देखिएको छ । दुर्घटनापछि जहाजमा आगो लागेको र धुवाँको मुस्लो देखिएको थियो । 

जहाज अवतरणका क्रममा ठूलो आवाज आएको प्रत्यक्षदर्शीहरूले बताएका छन् । उड्ने क्रममा धावनमार्गबाट जहाज चिप्लिएको भनिएपनि जहाज आकासमा पुगेपछि पुनः भुईँमा खसेको देखिएको छ ।  

उक्त दुर्घटनाको सौर्य एयरले पुष्टि गरेको छ । 

दुर्घटनामा परेका सबै यात्रु सौर्य एयरकै प्राविधिक र व्यवस्थापनका कर्मचारीहरू भएको खुलेको छ । सौर्य एयरका चिफ अफ सेफ्टी सागरकुमार आचार्य, सीएएमओ अश्विनकुमार निरौला र चिफ अफ क्वालिटी एस्युरेन्स दिलीप बर्मा लगायत एयरलाइन्सका उच्च जिम्मेवारीमा रहेका व्यक्तिहरूको मृत्यु भएको जनाइएको छ ।

उक्त जहाजलाई सौर्य एयरले पोखरामा स्थापना गरेको ह्याङ्गरमा नियमित मर्मतका लागि भनेर पठाइएको थियो । 

मृत्यु हुनेमा सौर्य एयरका प्राविधिक कर्मचारीहरू अमितमान महर्जन, मनुराज शर्मा, सुदीपलाल जोशी, सर्वेश मरासैनी, श्याम विन्दुकार, नवराज आले, राजाराम आचार्य, प्रिजा खतिवडा, अधिराज शर्मा, उद्धव पुरी, यज्ञप्रसाद पौड्याल, सन्तोष महतो, पुण्यरत्न शाही, को–पाइलट एस. कटुवाल र एकजना विदेशी नागरिक अरेफ रेडा रहेको जनाइएको छ ।

View : 286

Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved