विराटनगर, ८ कात्तिक : विजया दशमीको भोलीपल्ट अर्थात आज बुधबार पनि टीका र जमरा लगाएर दशैं मनाइँदैछ । मंगलबार विहान ११ बजेर २ मिनेटम रहेको दशैंको टीकाको साइतपछि सुरु भएको दशैंको टीका लगाउने र मान्यजनबाट आशिर्वाद ग्रहण गर्ने क्रम कोजाग्रत पूर्णिमासम्म जारी रहन्छ ।
मंगलबार टीका थाप्न नपाएकाहरू आज पनि आफन्त र मान्यजनको हातबाट टीका लगाउन र आर्शिवाद लिन पुग्ने गर्दछन् । जसका कारण मानिसहरुको चलपहल बढेको छ । यात्रुबसहरुमा टिका जमरा लगाएका मानिसहरुको भिडभाड देखिन्छ ।
आजका दिन काठमाडौंको बूढानीलकण्ठ भक्तपुरको भचाँगुनारायण आदि भगवान विष्णुका मन्दिरहरूमा दर्शनार्थीको भीड लाग्ने गरेको छ ।
View : 125
Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved