Biratnagar, Morang, Nepal
२३ जेठ २०८३, शनिवार
+977 21 450305, 515728, 578305
शिक्षा

पूवि व्यवस्थापन संकायमा ’शिक्षक दक्षता अभिवृद्धि’ तालिम

उद्‌घोष संवाददाता
२६ जेठ २०८२, सोमवार

विराटनगर । पूर्वाञ्चल विश्वविद्यालय(पूवि) व्यवस्थापन क्याम्पस (पुसोम) विराटनगरमा आयोजित ‘व्यवस्थापन शिक्षा विकास कार्यक्रम’ सोमबारदेखि सुरु भएको छ । ‘व्यवस्थापन शिक्षामा शिक्षक दक्षता अभिवृद्धि’ भन्ने मुख्य उद्देश्यसहित उक्त कार्यक्रम तीनदिनसम्म सञ्चालन हुने जनाइएको छ । 

सो तालिमको एक समारोहबीच पूविका उपकुलपति प्राडा बिजु थपलियाले गरेका थिए  । उद्घाटन समारोहमा उपकुपति प्राडा थपलिया, व्यवस्थापन संकायका डीन डा सन्देशदास श्रेष्ठ, सहडीन सोनिला शाक्य, पूवि व्यवस्थापन क्याम्पसका प्रमुख डा रमाकान्त दास, अनुगमन तथा मूल्याङ्कन केन्द्रका कार्यकारी निर्देशक डा उत्तमकुमार रेग्मी, एमफिल तथा विद्यावारिधि कार्यक्रम निर्देशक प्राडा जीवनकुमार ढकालले तालिमको विविध पक्षको बारेमा बोलेका थिए । 

कार्यक्रममा विभिन्न क्याम्पस र विश्वविद्यालयका व्यवस्थापन संकायमा कार्यरत प्राध्यापकहरूले सहभागिता जनाएका छन् ।  उनीहरूलाई व्यवस्थापन शिक्षण विधिमा नवीनतम प्रविधि र प्रविधीय उपयोग, अनुसन्धान क्षमताको विकास, शिक्षणशैलीको प्रभावकारिता र शैक्षिक नेतृत्वको विषयमा विशेष तालिम प्रदान गरिने जनाइएको छ । 

सो कार्यक्रम पूवि व्यवस्थापन संकायले आयोजना गरेको हो भने विश्वविद्यालय अनुदान आयोगको सहयोगमा सञ्चालन भएको हो । सहभागी प्राध्यापक माझ सो कार्यक्रमले सकारात्मक सन्देश फैलाएको र आगामी दिनमा अझ प्रभावकारी शिक्षण अभ्यासमा टेवा पुर्‍याउने विश्वास लिइएको आयोजक समितिका सदस्य इश्वर भण्डारीले बताए । 

तालिममा विभिन्न कलेजका २७ जना प्राध्यापक सहभागी छन् । 


 

View : 431

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved