झापा । आयोजक रोलिङ क्लबले आठौं रोलिङ च्यालेन्ज कप अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिताको उपाधि जितेको छ ।
धुलाबारी नुमना माविको खेल मैदानमा शनिवार भएको फाइनलमा पाहुना टोली भारत दार्जिलिङको मानेभञ्ज्याङ एफसीलाई टाइब्रेकरमा हराउँदै रोलिङले उपाधि आफूसँगै राखेको हो ।
रोलिङले पेनाल्टी सुटआउटमा माने भञ्ज्याङलाई ३–१ गोल अन्तरले हराएर उपाधि कब्जा गरेको हो । त्यसअघि निर्धारण समय १(१ को बराबरी टुंगिएको थियो ।
खेलको ४२ औं मिनेटमा रोलिङका लागि रोहण कार्कीले गोल गरे । ६६ औं मिनेटमा माने भञ्ज्याङका कप्तान सोनाम जङपोले बराबरी गोल गरे ।
रोलिङका गोल किप्पर युवराज पुरी फाइनलको प्लेयर अफ दि म्याच चुनिए र ५ हजार रुपैयाँ पाए । रोलिङले उपाधिसहित ३ लाख र माने भञ्ज्याङले १ लाख ५० हजार रुपैयाँ प्राप्त गर्यो ।
रोलिङका रोहण कार्की प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी चुनिए र उनले १५ हजार रुपैयाँ पाए ।
त्यस्तै, प्रतियोगिताको उत्कृष्ट गोलकिपर रोलिङका अभिषेक बराल, उत्कष्ट डिफेन्डर रोलिङका सेमन्त थापा, उत्कृष्ट मिडफिल्डर माने भञ्ज्याङका रोबर्ट, उदीयमान खेलाडी रोलिङका निरज कार्की, उच्च गोलकर्ता रोलिङका उत्सव राई र उत्कृष्ट प्रशिक्षक रोलिङका सचिन्द्र धिमाल भए ।
प्रदेशसभा सदस्य गोपाल तामाङ, अर्जुनधारा नगरप्रमुख बलदेव गोम्देन, नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य नरेन्द्रकुमार खड्का, मेची उद्योग वाणिज्य संघका अध्यक्ष खेमराज प्रसाईं, क्लबका अध्यक्ष नोबेम्बर नेम्वाङ लगायतले विजेता उपविजेता टोलीका खेलाडीलाई पुरस्कृत गरेको आयोजक समितिका सचिव महेश खड्काले जानकारी दिएका छन् ।
View : 381
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved