Biratnagar, Morang, Nepal
३० चैत २०८१, शनिवार
+977 21 450305, 515728, 578305
राष्ट्रिय

प्रधानमन्त्री ओलीद्वारा सभापति देउवा र अध्यक्ष दाहालसँग छलफल

उद्‌घोष सम्वाददाता
२७ भदौ २०८१, बिहिवार

काठमाडौँ, २७ भदौ । प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक परिषद्को बैठकको तयारी र समसामयिक राजनीतिक विषयमा आज नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग छलफल गरेका छन् ।

प्रधानमन्त्री निवास बालुुवाटारमा आज बिहान भएको छलफलमा शुक्रबार बस्ने परिषद् बैठकको तयारी र समसामयिक विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

बुधबार साँझका लागि राखिएको बैठक परिषद्को बैठक स्थगन भएको थियो ।  रासस

View : 119

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved