Biratnagar, Morang, Nepal
३१ वैशाख २०८१, सोमवार
+977 21 450305, 515728, 578305
राजनीति

इलाम–२ मतगणना

फाकफोकथुम–१ गन्दा कांग्रेसका डम्बर खड्कालाई १२३ को अग्रता, घण्टी चौथो

उद्घोष सम्वाददाता
१६ वैशाख २०८१, आइतवार

विराटनगर । इलामको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर २ को उपनिर्वाचनको मतगणनाको पहिलो रुझान प्राप्त भएको छ । 

फाकफोकथुम–१ को एक हजार पाँचसय ३९ मत गनिसक्दा कांग्रेसका डम्बर बहादुर खड्काले १२३ मतले अग्रता कायम गरेका छन् । खड्काले ६५७ मत पाएका हुन् ।

नेकपा एमालेका सुहाङ नेम्बाङले ५३४ मत प्राप्त गरेका छन् । त्यसैगरी पहिचानपक्षधर स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिमले १८७ र राष्ट्रिय स्वतन्त्र पार्टीका मिलन लिम्बुले ११५ मत प्राप्त गरेका छन् ।

औपचारिक घोषणा भने हुन बाँकी रहेको जनाइएको छ ।

View : 70

Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved