Biratnagar, Morang, Nepal
६ मंसिर २०८१, बिहिवार
+977 21 450305, 515728, 578305
समाज

रोजगारीका लागि हङकङ पुगेका युवाले आफ्नो गाउँमा दिए एम्बुलेन्स

उद्घोष सम्वाददाता
६ फागुन २०८०, आइतवार

सुन्दरहरैचा । रोजगारीका लागि हङकङ पुगेका मोरङको उर्लाबारीका युवाले आफू हुर्केको गाउँका विपन्न परिवारलाई निःशुल्क सेवा दिन एम्बुलेन्स उपलब्ध गराएका छन् ।

रोजगारीका लागि हङकङ पुगेका उर्लाबारीका ९४ जना युवाले एम्बुलेन्स खरिदका लागि उर्लाबारी नगरपालिका हङकङ परिवारका नाममा पठाएको २५ लाख ५० रूपैयाँबाट वडा नं ९ का विपन्न परिवारका लागि निःशुल्क एम्बुलेन्स सेवा सञ्चालन गरिएको छ ।

उक्त एम्बुलेन्स उर्लाबारी नगरपालिका–९ मा रहेको राजघाट उपस्वास्थ्य चौकी मातहतमा सञ्चालन गरिएको छ । वडाध्यक्ष नरवहादुर मोक्तानका अनुसार कार्यविधि बनाएर वडाका विपन्न परिवारलाई परिचयपत्र वितरण गरेर निःशुल्क र अन्य सर्वसाधारणलाई २० प्रतिशत छुटमा एम्बुलेन्स सेवा उपलब्ध गर्ने तयारी गरिएको छ ।

उनका अनुसार विपन्न परिवारलाई निःशुल्क एम्बुलेन्स सेवा दिदा नगरपालिकाले इन्धनको प्रबन्ध गर्ने छ । एम्बुलेन्स खरिदका लागि हङकङमा रहेका याम सेम्बु एक्लैले ५ लाख ३० हजार उपलब्ध गराएका थिए र उनीसहित साङगेहाङ तुम्बाहाम्फेको सक्रियतामा उक्त रकम संकलन भएको जनाइएको छ ।

एम्बुलेन्स सञ्चालनमा आएपछि स्थानीय हर्षित भएका छन । स्थानिय मिना खवासले वडामा एम्बुलेन्स सञ्चालन गर्न पहल कदमी गर्ने जनप्रतिनिधिप्रति खुशी व्यक्त गरिन् । सहयोगीदाता मध्येका अगुवाईकर्ता याम सेम्बूले आफूहरु जहाँ भएपछि गाउँको समस्यामा चिन्तित रहने गरेको बताए । गाउँको समस्यालाई आफ्नै समस्या ठान्दै एम्बुलेन्स सहयोग गरेको उल्लेख गरे । 

अर्का सहयोगी दाता तथा अगुवाईकर्ता साङ्गेहाङ तुम्बाहाम्फेले भने हामीलाई हाम्रो गाउँ ठाउँको दुःख सुख थाहा छ, हामीले एम्बुलेन्स सहयोग गर्दा बिपन्न परिवारलाई टेवा पुगोस् भन्ने उद्देश्य हो ।

View : 244

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved