Biratnagar, Morang, Nepal
२३ फागुन २०८२, शनिवार
+977 21 450305, 515728, 578305
राष्ट्रिय

विराटनगरबाट सुरु भयो एनपीएलको ट्रफी टुर

उद्‌घोष संवाददाता
२१ भदौ २०८२, शनिवार

विराटनगर । नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणको ट्रफी टुर कोशी प्रदेशको विराटनगरबाट सुरु भएको छ । 

शनिबार विराटनगरबाट सुरु भएको टुरको पहिलो दिन सिद्धार्थ बैंक र  मुख्यमन्त्री कार्यालयमा प्रदर्शन गरिएको छ ।

आइतबार  झापाको  भद्रपुरस्थित मेची बहुमुखी क्याम्पस, त्यसपछि मेचीनगर र बिर्तामोडको वान स्टप मलमा पुग्नेछ । 

जहाँ विशेष कार्यक्रम र रमाइला गतिविधिहरूसँगै फ्यानहरूले ट्रफीलाई नजिकबाट हेर्ने अवसर प्राप्त गर्नेछन् । सोमबार  दमकमा  सिद्धार्थ स्कुल र गोरखा डिपार्टमेन्ट स्टोरमा ट्रफी प्रदर्शन गरिनेछ ।

त्यहाँबाट ट्रफी पश्चिमतर्फ लगेर इटहरी पुग्नेछ र त्यसपछि इनरुवा पुगेर रोकिनेछ । 

यात्रा विराटनगर फर्किएपछि गाला डिनरमा ट्रफी प्रदर्शनी गरिएस“गै कोशीभरिको यात्राको समापन हुनेछ ।

क्यानका अनुसार फ्रेन्चाइज टोली विराटनगर किङ्स, जनकपुर बोल्ट्स, चितवन राइनोज, काठमाडौं गोर्खाज, पोखरा एभेन्जर्स, लुम्बिनी लायन्स, कर्णाली याक्स र सुदूरपश्चिम रोयल्सका शहरमा ट्रफी टुर गर्न लागिएको हो ।

विराटनगर किङ्स, नेपाल प्रिमियर लिगमा कोशी प्रदेशको प्रतिनिधित्व गर्ने प्रोफेसनल टी २० क्रिकेट टिम हो ।  क्यानले शुक्रबार साँझ एक कार्यक्रमका बीच पहिलोपल्ट एनपीएलको ट्रफी टुर गर्न लागिएको जानकारी दिएको थियो ।

दोस्रो संस्करणको एनपीएल आगामी मंसिर १ देखि २७ गतेसम्म काठमाडौंमा हुनेछ । त्यसअघि विभिन्न स्थानमा ट्रफी टुर गर्दै फ्रेन्चाइज टोलीसँग समर्थकलाई जोड्ने काम गर्न लागिएको हो ।

टुर आगामी कात्तिक २३ गतेसम्म हुने क्यानले जनाएको छ । जनकपुर पहिलो संस्करणको विजेता हो । क्यानले ग्लोबल वार्मिङ र वातावरण संरक्षणसँग एनपीएलको ट्रफीलाई जोडेको छ । उक्त ट्रफीमा कालापत्थरबाट ल्याइएको ढुंगा राखिएको छ ।

View : 379

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved