विराटनगर । मोरङको ग्रामथान गाउँपालिकामा रिक्त रहेको अध्यक्ष पदको उपनिर्वाचनका लागि नेपाली काङ्ग्रेसले पूर्व महासमिति सदस्य बलराम सरदारलाई उम्मेद्ववार बनाउने निर्णय गरेको छ ।
उम्मेदवार छनौटका लागि बनेको १३ सदस्यीय संसदीय बोर्डको बिहीबार बिहान सम्पन्न बैठकले सरदारलाई अध्यक्षको उम्मेदवार बनाउने निर्णय गरेको नेपाली काङ्ग्रेस मोरङका उपसभापति भक्तिनाथ माझीले जानकारी दिए । उम्मेदवार छान्ने संसदीय बोर्डको अध्यक्ष भने पार्टी जिल्ला सभापति डिग बहादुर लिम्बू रहेका छन् ।
ग्रामथानमा काङ्ग्रेसबाटै निर्वाचित भएका अध्यक्ष जयप्रकाश गच्छदार थारूको निधनका कारण यहाँ उपनिर्वाचन हुन लागेको हो । निर्वाचन आयोगले आगामी मंसिर १६ गते उपनिर्वाचनको लागि तालिका बनाएको छ । मंसिर २ गते उम्मेदवारको मनोनयन दर्ताको कार्यक्रम रहेको जनाइएको छ ।
बिहीबार बिहान बसेको संसदीय बोर्डको बैठकले बलराम सरदारलाई अध्यक्षको उम्मेदवार बनाउने निर्णय गरेको छ’ उपसभापति माझीले भने, ‘हामीलाई १३ जनाको नाम सिफारिस भएको थियो, सिफारिस भएका नामहरू मध्ये सरदारलाई सर्वसम्मत रुपमा उम्मेदवार बनाउने निर्णय भएको हो ।’
अध्यक्षको उम्मेदवारका लागि सिफारिस भएका सरदार हाल काङ्ग्रेस जिल्ला समिति मोरङको सल्लाहकार समिति सदस्य रहेका छन् । उनी ग्रामथान–२ निवासी हुन् ।
View : 314
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved