विराटनगर । नेपाल प्रहरी श्रीमती संघ र नोवेल मेडिकल कलेज शिक्षण अस्पताल प्रालि विराटनगरबीच नेपाल प्रहरीका कर्मचारी तथा आश्रित परिवालाई उपचार सेवामा २५ प्रतिशत छुट दिने सम्झौता भएको छ ।
सोमबार कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको भएको एक कार्यक्रममा नेपाल प्रहरी श्रीमती संघकी अध्यक्ष श्रीमती लक्ष्मी कुँवर र नोवेल मेडिकल कलेज शिक्षण अस्पतालकी प्रबन्ध निर्देशक इन्दिरा शर्मा (बराल)ले छुट सम्वन्धी सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।
नेपाल प्रहरीका बहालवाला कर्मचारीहरू तथा आश्रित परिवार सदस्यहरू (आमा, बुवा, श्रीमान वा श्रीमती, अविवाहित छोरा, छोरीहरू) लाई उपचारको क्रममा बहिरङ विभागमा उपचार गराउँदा बिरामी दर्ता निःशुल्क तथा अस्पतालले प्रदान गर्ने सबै सेवा शुल्कमा २५ प्रतिशत छुट हुनुका साथै भर्ना भई उपचार गराउँदासमेत सबै सेवा शुल्कमा २५ प्रतिशत छुट उपलब्ध हुने सम्झौतामा उल्लेख गरिएको छ ।
View : 400
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved