Biratnagar, Morang, Nepal
७ मंसिर २०८१, शुक्रवार
+977 21 450305, 515728, 578305
आर्थिक

सञ्चारकर्मी सञ्चार सहकारीको १२औं साधारणसभा सम्पन्न

उद्घोष सम्वाददाता
२९ पुष २०८०, आइतवार

विराटनगर । सञ्चारकर्मी सञ्चार सहकारी संस्था लिमिटेडले आफ्नो १२औं वार्षिक साधारणसभा सम्पन्न गरेको छ ।

साधारण सभाका अवसरमा उत्कृष्ट बचतकर्ताका रुपमा शेयर सदस्यहरु मध्येबाट नरेन्द्रप्रसाद दाहाल र उत्कृष्ठ ऋणितर्फ अरविन्द मेहता सम्मानित भएका हुन् ।

उनीहरुलाई कार्यक्रमका प्रमुख अतिथि स्नातकोत्तर क्याम्पस विराटनगरका प्रमुख ढकबहादुर मगर, नेपाल पत्रकार महासंघ कोशी प्रदेश समितिका कार्यवाहक अध्यक्ष लवदेव ढुंगाना, सहकारीका संस्थापक अध्यक्ष मोहन भण्डारी लगायतले दोसल्ला ओढाएर सम्मानपत्र प्रदान गरेका थिए ।

सहकारीका सञ्चालक समिति अध्यक्ष दीपक दाहालको अध्यक्षतामा आयोजित साधारणसभाले शेयर सदस्यहरुलाई ५ प्रतिशत लाभांश दिने निर्णय पारित गरेको छ ।

साधारणसभाले सञ्चालक समिति अध्यक्ष दाहालले प्रस्तुत गरेको प्रतिवेदन र लेखा समितिका संयोजक अविनाश निधिले प्रस्तुत गरेको प्रतिवेदन समेत पारित गरेको छ ।

सञ्चारकर्मी सञ्चार सहकारीमा मोरङ जिल्ला कार्यक्षेत्र रहेका एक सय १४ जना सञ्चारकर्मीहरु सदस्य रहेका छन् । सहकारीबाट सञ्चारकर्मीहरुले नियमति बचत गर्दै आएका छन् ।

उनीहरुलाई गाह्रो साह्रो परेको बेला ऋण प्रवाह समेत गर्दै आएको सचिव विजयहरि खतिवडाले जानकारी दिए ।

सहकारीमा हाल करीव एक करोड रुपैयाँ पूँजी निर्माण गरेको छ । हालसम्म ६२ लाख बढी रकम ऋण प्रवाह समेत गरिसकेको जनाइएको छ ।

View : 181

Udghosh Daily प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१० सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१
सम्पादक : बन्धु पोखरेल

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved