विश्वकप क्रिकेट लिग-२:
विराटनगर, ३ फागुन । आइसिसी पुरुष क्रिकेट विश्वकप लिग-२ को त्रिकोणात्मक शृङ्खलाको पहिलो खेलमै नेपाल नामिबियासँग स्तब्ध हुनुपर्यो । खेल नामिवियाले चार विकेटले आफ्नो पक्षमा पार्यो ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा जितसँगै नामिबियाले दुई अङ्क जोड्न सफल भएको छ ।
यो खेलसँगै नेपालले घरेलु मैदानमा लगातारको १५औं जितको अवसर गुमाएको हो । २०२२ यता नेपालले एकदिवसीय खेलमा आफ्नै ग्राउण्डमा हार्नु परेको थिएन ।
१३२ रनमै अलआउट भएको नेपालले यो एकदिवसीय खेल आठौं न्यून स्कोरमा समेटिनु परेको हो । नेपालको एकदिवसीय खेलमा अहिलेसम्मको सवैभन्दा न्यून स्कोर युएईसँग १०३ रन रहेको छ ।
नेपालको ब्याटिङ लाइन टिक्न सकेन । टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपाल ४१ दशमलव १ ओभरमा अलआउट हुँदै १३२ रन जोडेको थियो ।
जवाफमा मैदान उत्रिएको नामिवियाले ३३ दशमलव १ ओभरमा छ विकेट लक्ष्य भेट्यायो ।
नामिबियाको जितमा जान फ्रिलिङ्कले सर्वाधिक ३४ रनको योगदान दिए । उनले ५३ बल खेल्ने क्रममा चार चौका प्रहार गरे ।
जान निकोल लोफिट इटनले ३१ रन र मिचेल भान लिङगेनले २३ रन बनाए । त्यस्तै निकोलास डाभिनले १५ रन जाडे ।
बलिङतर्फ नेपालका सोमपाल कामीले तीन र ललित राजबंशीले दुई विकेट लिन सफल भए । त्यस्तै कप्तान रोहितकुमार पौडेलले पनि एक विकेट लिए ।
नेपालका लागि भीम सार्कीले ८६ बलमा दुई चौका र एक छक्काको मद्दतले सर्वाधिक ४४ रनको योगदान गरेका थिए ।
गुल्शन झाले २१ रन बनाए । करण केसीले तीन चौकाको सहयोगमा १६ रन बनाएका थिए ।
कप्तान रोहितकुमार पौडेल भने एक रनमै आउट भए । कुशल मल्लले १५ रन जोडे । सोमपाल कामी दुई रनमा आउट भए ।
कुशल भुर्तेलले त खातै खोल्न सकेनन् । पवन शर्राफले १२, अनिल शाहले ८ तथा आशिफ शेखले ४ रन बनाउन सफल भए ।
नेपालको विकेट चड्काउन नामिबियाका जजेरार्ड एरास्मस निर्याणक बने । उनले पाँच विकेट लिए । ज्याक ब्रासेल र रुबेन ट्रम्पलम्यानले समान दुई-दुई विकेट लिन सफल भए ।
यो श्रृंखलाको अर्को खेल नेपालले शनिबार नेदरल्याण्ड्ससँग खेल्ने जनाइएको छ ।
View : 348
Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved