Biratnagar, Morang, Nepal
२३ फागुन २०८२, शनिवार
+977 21 450305, 515728, 578305
समाज

करेन्ट लागेर महिलाको मृत्यु

उद्‌घोष संवाददाता
३० कार्तिक २०८०, बिहिवार

विराटनगर : मोरङको सुनवर्षी नगरपालिका-४ मा करेन्ट लागेर महिलाको ज्यान गएको छ । मृत्यु हुनेमा ४५ बर्षीय सरिता देवी दास रहेको मोरङ प्रहरीले जनाएको छ ।

बुधबार राती आफ्नै घरभित्र सरसफाई गर्ने क्रममा उनलाई अचानक करेन्ट लागेको जनाइएको छ । उपचारका लागि रंगेली अस्पताल लैजाने क्रममा बाटैमा मृत्यु भएको ईलाका प्रहरी कार्यालय रंगेलीले जनाएको छ ।

View : 500

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved