विराटनगर : मोरङको जहदा गाउँपालिका ४ का वडाध्यक्ष शिवशंकर गामीले आफू, श्रीमती र छोरासहित बिहीबार एकसाथ रक्तदान गरेका छन् ।
वडामा भएको खुल्ला रक्तदानमा आफूसँगै श्रीमती किरणदेवी र छोरा आशीषसहित वडाध्यक्ष गामीले रक्तदान गरेका हुन् ।
श्रीमती किरणले श्रीमान्को आग्रहमा पहिलो पटक रक्तदान गरेकी हुन् । त्यस्तै १८ वर्षका आशीषले पनि पहिलो फटक नै रक्तदान गरेका हुन् ।
आमाछोरा दुबैले मावन जीवनका लागि अबदेखि नियमित रत्तदान गर्ने बताएका छन् ।
कार्यक्रममा तीन महिलासहित २२ जनाले रत्तदान गरेका थिए । ग्रामीण क्षेत्रमा कृषि र मजदुरी गर्ने मानिसलाई पनि रक्तदान गर्न प्रेरित गरिएको गामीको भनाइ छ ।
View : 208
Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved