विराटनगर । स्थानीय तह कर्मचारी संघ नेपाल कोशी प्रदेश समितिको अध्यक्षमा महेन्द्र खड्का चयन भएका छन् ।
इटहरीस्थित दुर्गा पाटी प्यालेसमा शनिबार सम्पन्न प्रथम प्रदेश अधिवेशनले खड्काको अध्यक्षतामा २१ सदस्यीय प्रदेश समिति चयन गरेको जनाइएको छ । अध्यक्ष चयन भएका खड्का मोरङकै बेलबारी नगरपालिकाका याेजना तथा सामान्य प्रशासन शाखा प्रमुख एवं सूचना अधिकारी हुन् ।
संघको उपाध्यक्षमा विश्वजित राई (उदयपुर), महिला उपाध्यक्षमा अनिता कोइराला (मोरङ), सचिव किशोर कुमार कार्की (मोरङ), सहसचिवद्वयमा रामचन्द्र यादव सुनसरी, ज्ञान बहादुर राई (धनकुटा) र कोषाध्यक्षमा रवी सुवेदी (भोजपुर) सर्वसम्मत चयन भएका हुन् ।
सदस्यहरूमा खेटराज प्रसाद अधिकारी (खोटाङ), मदन भण्डारी (झापा), बन्धु राई (इलाम), अनिल तिम्सिना (धनकुटा), तारानाथ आचार्य (उदयपुर), भानुभक्त राई (मोरङ), लिलादेवी ओझा (मोरङ), विमला भण्डारी (पाँचथर) चयन भएका हुन् । त्यसैगरी गोपी बहादुर नेपाली (पाँचथर), रोशन कुमार खुलाल कार्की (तेह्रथुम) र ज्ञान बहादुर अधिकारी (पाँचथर) सदस्य रहेका छन् ।
प्रदेश अधिवेशनको उद्घाटनका क्रममा नेकपा एमाले स्थायी कमिटी सदस्य भानुभक्त ढकाल, पेशागत महासंघका केन्द्रीय अध्यक्ष पुण्य ढकाल, नेकपा एमाले कोशी प्रदेश कमिटीका सचिव राजकुमार भण्डारी, प्रदेश सभा सदस्य रमेश कुमार बस्नेत, प्रोग्रेसिभ इन्जिनियरिङ एशोसिएसन नेपाल कोशी प्रदेशका अध्यक्ष प्रदीप नेपाल लगायतले शुभकामना दिएका थिए ।
सोही अवसरमा जनप्रतिनिधिमा निर्वाचित भएका स्थानीय तहका तीनजना पूर्व कर्मचारीहरूलाई सम्मान समेत गरिएको जनाइएको छ ।
View : 286
Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved