विराटनगर । कोशी प्रदेश सरकारले प्रदेश सभाको नवौं अधिवेशन जेठ ६ गते आह्वान गर्ने निर्णय गरेको छ ।
प्रदेश मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले जेठ ६ गते बुधबार अपरान्ह ३ बजे विराटनगरको वीरेन्द्र सभागृहमा अधिवेशन आह्वान गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुनमन्त्री इन्द्रमणि पराजुलीले जानकारी दिए ।
मन्त्रिपरिषद् बैठकले प्रदेश योजना आयोगको रिक्त सदस्यमा धरानकी मनिता घिमिरेलाई मनोनयन गर्ने निर्णय गरेको छ ।
मन्त्रिपरिषद् बैठकले प्रदेशको योजना व्यवस्थापन, तथ्यांक प्रणाली र आन्तरिक नियन्त्रणलाई थप प्रभावकारी बनाउने लक्ष्य राखेको छ ।
त्यसैगरी, कोशी प्रदेश तथ्यांक नियमावली २०८२ लाई भौतिक पूर्वाधार समितिमा पठाउने निर्णय गरेको प्रवक्ता पराजुलीले बताए ।
मन्त्रिपरिषद्ले कोशी प्रदेश योजना आयोग गठन, सञ्चालन तथा पहिलो संशोधन आदेश २०८३ लाई कानुन, न्याय तथा प्रदेश मामिला समितिमा पठाउने निर्णय गरेको छ ।
त्यसैगरी, नेपाल सरकारबाट कोशी प्रदेशमा सरुवा भएर आएका प्रदेश सचिव रामकृष्ण अधिकारीलाई मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा पदस्थापन गर्ने निर्णय गरिएको जनाइएको छ ।
बैठकले कोशी प्रदेश आन्तरिक नियन्त्रण प्रणाली निर्देशिका २०८३ लाई मुख्यमन्त्री तथा मन्त्रिपरिषद् अन्तरगतको कानुन, न्याय तथा प्रदेश मामिला समितिमा पठाउने निर्णय गरेको मन्त्री पराजुलीले बताए ।
View : 127
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved