Biratnagar, Morang, Nepal
८ असार २०८३, सोमवार
+977 21 450305, 515728, 578305
राजनीति

चितवनको भरतपुरमा सुरु भयो रास्वपाको पहिलो महाधिवेशन

उद्‌घोष संवाददाता
७ असार २०८३, आइतवार

Advertisement

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशन सुरु भएको छ ।

भरतपुरको ‘गेष्टहाउस’ चौरमा पूर्वघोषित कार्यतालिका अनुसार महाधिवेशन सुरु भएको हो । महाधिवेशन उद्घाटन समारोहमा पार्टीका सभापति रवि लामिछाने र प्रधानमन्त्री एवं वरिष्ठ नेता वालेन्द्र शाह उपस्थित रहेका छन् ।

यसैगरी, रास्वपाका पदाधिकारी एवं केन्द्रीय नेताहरु र महाधिवेशन प्रतिनिधिहरूको उपस्थिति रहेको छ ।

नेपाली कांग्रेसका सभापति गगनकुमार थापा, नेकपा एमालेका नेता प्रदीपकुमार ज्ञवाली, नेपाली कम्युनिष्ट पार्टीका नेता वर्षमान पुन र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देन उद्घाटन समारोहमा सहभागी भएका छन् । 

त्यस्तै, पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराई, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, जनमत पार्टीका अध्यक्ष चन्द्रकान्त राउतलगायतका नेताहरु उद्घाटन समारोहमा सहभागी छन् । 

रास्वपाको चितवनमा सुरु पहिलो राष्ट्रिय महाधिवेशनमा चार हजार २११ प्रतिनिधि सहभागी हुने सो पार्टीले जनाएको छ ।

महाधिवेशन उद्घाटन कार्यक्रममा चितवन र छिमेकी जिल्लाका रास्वपाका जिल्लास्तरका नेता, कार्यकर्ता र शुभेच्छुकहरूको उल्लेख्य सङ्ख्यामा उपस्थिति रहेको छ ।

पार्टी सभापति लामिछाने र वरिष्ठ नेता एवं प्रधानमन्त्री शाहले ‘घण्टी’ बजाएर महाधिवेशनको संयुक्त रुपमा उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।

View : 74

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved