Biratnagar, Morang, Nepal
६ साउन २०८३, बुधवार
+977 21 450305, 515728, 578305
कोशी

ब्रम्हाकुमारीको विराटनगरमा शिवरात्री उत्सव (फोटो)

उद्‌घोष संवाददाता
१५ फागुन २०८१, बिहिवार

Advertisement

विराटनगर । महाशिवरात्रीको अवसरमा ब्रम्हाकुमारी राजयोग सेवा केन्द्र विराटनगरले स्थानीय संसारीमाइस्थानमा शिवरात्री उत्सव गरेको छ । बुधबार आयोजितसो उत्सवमा शिवसँग सम्वन्धी झाँकी तथा साँस्कृतिक नृत्य तथा नाटक प्रस्तुतीको मुख्य मन्त्री हिक्मतकुमार कार्कीले पनि अवलोकन गरेका थिए ।

 
केन्द्रका विनोद अग्रवालका अनुसार ब्रह्माकुमारी राजयोग सेवा केन्द्र विराटनगरले ८९औं महाशिवरात्रि महोत्सव बडो हर्ष उल्लासका साथ सु सम्पन्न गरेको हो ।

लगभग ५०० जना धर्म तथा अध्यात्मप्रेमीहरुको उपस्थितिमा सम्पन्न भएको कार्यक्रमको प्रमुख अतिथि कोशी प्रदेशका माननीय मूख्यमन्त्री किार्कीले नेपालको आर्थिक विकास तथा पर्यटन प्रवर्द्धनका लागि सनातन धर्मले अत्यन्तै महत्वपूर्ण भूमिका निर्वाह गरेको कुरा उल्लेख गरेका थिए ।

 

 ब्रहृमाकुमारी संस्थाले विश्वभर शान्ति फैलाउने गतिविधि गरिरहेको र  ब्रह्माकुमारी गीता दिदीले सबैलाई आत्म चिन्तन गराउदै मनुष्य जीवनको लक्ष्य र उद्देश्य स्पष्ट पारेकी थिइन् ।

विविध सागींतिक गीत, नृत्यका साथ–साथै कलियुगी मनुष्यलाई चित्रण गर्दै कुम्भकरणको जागरण विषयक सुन्दर नाटकको पनि प्रस्तुती गरिएको अग्रवालले बताए ।  


 

View : 499

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved