विराटनगर । सशस्त्र प्रहरी बल ३ नम्बर गण हेडक्वाटर मोरङका प्रहरी उपरीक्षक (एसपी) राजेश घिमिरेको उपचारका क्रममा निधन भएको छ ।
मोरङको विराटचोकस्थित नेपालीरिका होटलमा शुक्रबार आयोजित सीमा सुरक्षा बैठकका क्रममा ढलेका एसपी घिमिरेको उपचारका क्रममा निधन भएको सशस्त्र प्रहरी बल नं. १ बराह वाहिनी पकली सुनसरीका डिआइजी कुमार न्यौपानेले जानकारी दिए ।
एसपी घिमिरे सशस्त्र प्रहरी बल नम्बर १ बराह वाहनी र भारतीय सीमा सुरक्षा बल (एसएसबी) को डिआइजी तहको बैठकमा सहभागी भइरहेको बेला शुक्रबार अपरान्ह अचानक बेहोस भएर ढलेका थिए ।
उनको तत्कालै उपचारका लागि मोरङको विराट मेडिकल कलेज पुर्याएर भेन्टिलेटरमा उपचार भइरहेको थियो । तर उपचारकै क्रममा एसपी घिमिरेको मृत्यु भएको जनाइएको छ ।
उनको शव शनिबार पोष्टमार्टम गरिने जनाइएको छ ।
सशस्त्र प्रहरी बल ३ नम्बर बाहिनी गाडीमाई मकवानपुरमा सरुवा भईसकेका घिमिरे शनिबार नै मोरङ छाडेर नयाँ कार्यक्षेत्रतर्फ जाने तयारीमा थिए ।
घिमिरे विराटनगर महानगरपालिका–३ का बासिन्दा हुन् ।
View : 1222
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved