Biratnagar, Morang, Nepal
२६ पुष २०८१, शुक्रवार
+977 21 450305, 515728, 578305
आर्थिक

गायत्री अटोमा मनपरी

उद्‌घोष सम्वाददाता
१३ मंसिर २०८०, बुधवार

विराटनगर, १२ मंसिर : ब्यवसायिक संस्थाले असुल गर्नु पर्ने रकम बरामबरमा बढी मूल्यको साधन बिक्री गरेर सेवाग्राहीलाई पीडा दिने गरेको पाइएको छ ।

खरिदकर्तालाई किस्तामा साधन उपलब्ध गराउने गायत्री निशान अटो कर्प प्रालिले साधनको सार्वजनिक मूल्याङ्कन नै नगरी असुल गर्नु पर्ने रकममा बिक्री गर्ने गरेको पाइएको हो ।

विराटनगरका दिलिप चौधरीले एक सिलिण्डरको ट्याक्टर सो संस्थाबाट ६ लाख ६० हजारमा खरिद गरेका थिए । न्यूनतम मूल्यको सानो ट्याक्टर उनले खरिद गरे पनि रकम पूरा तिरेका थिएनन् ।

खरिदको तीन वर्षपछि २ लाख १० हजार रूपैयाँ तिर्न बाँकी रहँदा सो प्रालिले ट्याक्टर नियन्त्रणमा लिएर पूरै लगानीको रकम कब्जा गरेको चौधरीले दाबी गरेका छन् । कम्पनीले असुल गर्नु पर्ने रकम माक्रै लिएर बित्री गरेको दाबी गरेको छ । प्रालिका विराटनगर शाखा प्रवन्धक संजय नेपालले असुल गर्नु पर्ने बराबरको रकममा ट्याक्टर बिक्री गरेको गैरकानुनी जवाफ दिएका छन् ।

लगानीकर्ता चौधरीले सो ट्याक्टर ५ लाख रूपैयाँमा जुनसुकै बेला बिक्री हुने दाबी गर्छन् । प्रवन्धक नेपालले भनें बिना फ्रक्रिया न्यूनतम मूल्यमा ट्याक्टर बित्री गरेर रकम असुल गरेको स्वीकार गरेका छन् । उद्घोष दैनिकलाई प्रतिक्रिया दिंदै उनले चौधरीले समयमा रकम नतिरेको र फोनसमेत नउठाउने भएकाले ट्याक्टर बिक्री गरेर बाँकी रकम असुल गरेको बताए ।

निशान अटो जस्तै अन्य कम्पनीका प्रतिनिधिले झने रकम तिर्न नसक्ने ब्यक्तिको सहमतिमा मूल्याङ्कन गरेर मात्रै बित्री गर्न पाइने बताएका छन् । प्रवन्धक नेपालले नजिकका वा आफन्तका नाममा ट्याक्टर बिक्री गरेको देखाएर मुनाफा आफूले लिएको हुनसक्ने चौधरीको भनाइ छ । पीडित चौधरीले कानुनी उपचारमा जाने तयारी गरेका छन् ।

‘यो कम्पनीका मानिसले अरूको पनि ट्याक्टर आफन्तलाई बेचेर बिवादमा परेको र नयाँ किनेर दिएको हामीले सुनेका छौं’ चौधरीले भने । मोरङका प्रहरी नायव उपरीक्षक रञ्जनकुमार दाहालले ठगिने ब्यक्ति प्रमाणसहित आए कानुनी उपचार खोजिने बताए । उनले दुबै पक्षबाट जानकारी लिएर समाधान खोजिने जानकारी दिए । 

स्रोतका अनुसार विराटनगरमा शाखा बन्द भैसकेको कम्पनीका प्रवन्धक नेफालले सहयोगी र अन्य कर्मचारीको समन्वय बेगर ट्याक्टर बिक्री गरेका हुन् । वस्तुको मूल्य अनुसार बित्री नगरी असुल गरेको पाइए मूल्याङ्कन गरेर पीडितलाई रकम फिर्ता दिनु पर्ने वरिष्ठ अधिवक्ता भरत थापा बताउँछन् ।

बैंकिङ फ्रक्रियाबाट वस्तु बित्री गरी खरिदकर्ताको बचेको रकम फिर्ता हुनु पर्ने थापाको भनाइ छ ।

View : 165

Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved