Biratnagar, Morang, Nepal
८ मंसिर २०८१, शनिवार
+977 21 450305, 515728, 578305
खेलकुद

हिसान क्रिकेटको उपाधि कान्तिपुरलाई

उद्घोष सम्वाददाता
१६ माघ २०८०, मङ्गलवार

विराटनगर । हिसान खेलकुद महोत्सवको १२औं संस्करण अन्तरगत सोमबार  विराटनगरको वैजनाथपुर क्रिकेट मैदानमा भएको खेलमा साविक विजेता कान्तिपुर कलेजले र अरनिको कलेजलाई पराजित गर्दै क्रिकेटको उपाधि हात पारेको छ ।

सोमबार हिसान मोरङको आयोजनामा भएको फाइनल खेलमा कान्तिपुरले अरनिको कलेजलाई ५ रनले पराजित गरेको हो । पहिलो ब्याटिङ गरेको कान्तिपुरले निर्धारित २० ओभरमा ७ विकेट गुमाई १ सय ४ रनको योगफल तयार पारेका थियो । जसमा विशाल यादवले ३४ रन बनाउँदा निशान्त यादव र राज वर्माले समान १६–१६ रन बनाए । अरनिकोका नुर अहमदले ३ विकेट लिंदा सागर मोचीले २ विकेट लिए ।

१ सय ५ रनको चुनौती पाएको अरनिकोले १९ दशमलव ४ बलमा सवै विकेट ९९ रनमा सिमित भयो । जसमा रामनारायण यादवले ३१ रन जोड्दा सोनुकुमार साहले १६ रन जोडे । कान्तिपुरका फाइनल खेलका उत्कृष्ट खेलाडी महमद सोहेलले  ३ विकेट लिंदा कृतिक कामतले–२ विकेट लिए ।

त्यस्तै सहिद मैदानमा भएको फुटबल खेलमा रेड स्टार कलेज र अर्किड कलेज विजयी भई फाइनलमा प्रवेश गरेको छ । पहिलो खेलमा पथरीको रेड स्टार कलेजले विराटनगरको कान्तिपुर कलेजलाई पेनाल्टी सुट आउटमा ४–३ को गोल अन्तरले पराजित गरि फाइनलमा प्रवेश गरेको हो ।

निर्धारित समयमा दुवै टोलीले १–१ को बराबरी खेलेपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट भएको हो ।  दोस्रो खेलमा अर्किड कलेजले अरनिको कलेजलाई ५–१ को गोल अन्तरले पराजित गरी फाइनलमा प्रवेश गरेको हो । अर्किडका उत्कृष्ट खेलाडी प्रनिल थापा मगरले ह्याट्रिसहित ४ गोल,  सागर विश्वकर्माले १ गोल गरे भने अरनिकोका हिमेश पौडेलले १ गोल फर्काए ।

छात्रा फुटबलमा रेड स्टार र अर्किड विजय भई फाइनलमा प्रवेश गरेका छन् । पहिलोे खेलमा पथरीको रेड स्टारले विराटनगरको शिक्षादिप कलेजलाई ३–० को गोल अन्तरले पराजित गरि फाइनलमा प्रवेश गरेको हो । 

दोस्रो खेलमा अर्किड कलेजले कान्तिपुर कलेजलाई पेनाल्टी सुट आउटमा ४–३ को गोल अन्तरले पराजित गरि फाइनलमा प्रवेश गरेको हो । निर्धारित समयमा दुवै टोलीले गोलरहित बराबरी खेले पछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट भएको हो ।

त्यस्तै सोमबार नै दिल्ली पब्लिक स्कुलमा भएको छात्र भलिबलमा कान्तिपुर कलेज विजयी हुदै उपाधि हात पारेको छ । कान्तिपुरले मोडर्न एरा स्कुललाई १६–२५,२६–२४,२५–२१ र २५–२० को  सेटले पराजित गरि उपाधि हात पारेको हो ।

त्यस्तै छात्रा भलिबलमा अर्किड कलेज विजयी हुदै उपाधि हात पारेको छ । अर्किडले कान्तिपुर कलेजलाई २९–२७,२५–१७ र २५–२० को  सेटले पराजित गरि उपाधि हात पारेको हो ।

टेबल टेनिसतर्फ छात्र टोली स्पर्धामा मेरिल्याण्ड कलेज विजयी भएको छ । फाइनलमा मेरिल्याण्डले अरनिकोलाई ३–० को सोझो अंकले पराजित गर्दै विजयी भएको हो । त्यसैगरी छात्रा टोली स्पर्धातर्फ सगरमाथा कलेजले अरनिकोलाई ३–१  अंकले पराजित गर्दै विजयी भएको हो । 

त्यसैगरी छात्र एकलमा मेरिल्याण्डका सौगात कोइरालाले बीकेभीएमका यथार्थ आचार्यलाई ११–६, ९–११, ११–८, ७–११, ११–८ को रोमाञ्चक सेट अंकले हराउदै प्रथम भए । छात्रा एकल स्पर्धामा सगरमाथाकी निकिता तामाङले सगरमाथाकै रुबी मेहतालाई ५–११, ८–११, ११–५,११–५, ११–९ को प्रतिस्पर्धात्मक सेट अंकमा पराजित गर्दै प्रथम भइन् ।

View : 164

Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved