Biratnagar, Morang, Nepal
२३ फागुन २०८२, शनिवार
+977 21 450305, 515728, 578305
कोशी

सुरक्षा निकायको उपस्थिति घटेको मौका छोपेर पाँच हजार किलो गाँजा तस्करी

उद्‌घोष संवाददाता
२९ भदौ २०८२, आइतवार

धरान । सशस्त्र प्रहरीले सुनसरीको इटहरी उपमहानगरपालिका–५ स्थित स्यारसकाली पेट्रोलपम्पबाट पाँच हजार किलो गाँजा बरामद गरेको छ ।

विशेष सूचनाका आधारमा सशस्त्र प्रहरी बल नेपाल नं १ बराह बाहिनी मुख्यालयबाट खटिएको टोलीले आइतबार बिहान करिब १ः०० बजे उक्त गाँजा बरामद गरेको हो ।

सशस्त्र प्रहरी निरीक्षक अशोक नेउपानेको नेतृत्वमा खटिएको २१ जनाको टोलीले दुई ट्रकबाट गाँजा फेला पारेको सशस्त्र प्रहरी बलका प्रवक्ता वरिष्ठ उपरीक्षक (एसएसपी) सुधीरजंग थापाले जानकारी दिए ।

ना ४ ख २९०१ नम्बरको ट्रकबाट १२४ बोरा र बा५ख ११६९ नम्बरको ट्रकबाट ३४ बोरा गरी जम्मा १५८ बोरा गाँजा बरामद गरिएको छ ।

प्रहरी देखेपछि घटनास्थलबाट संलग्न व्यक्ति फरार भएका र उनीहरूको खोजी भइरहेको प्रवक्ता थापाले बताए ।

बरामद गरिएको गाँजा आवश्यक अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय सुनसरीमा पठाइएको सशस्त्र प्रहरीले जनाएको छ ।

View : 306

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved