विराटनगर । बेलुका अत्याधिक मदिरा सेवन गरेर सुतेका एक भारतीय युवक विराटनगरस्थित होटल इस्टर्न स्टारमा मृत फेला परेका छन् । भारतको बिहार राज्यस्थित पूर्णिया घर भएका दीपककुमार साह सुतेकै अवस्थामा बिहीबार विहान मृत फेला परेको मोरङ प्रहरीले जनाएको छ ।
साह र उनका अर्का साथी होटलको कोठा नम्बर ३०६ मा सुतेका थिए । होटलका कर्मचारीका अनुसार उनले बेलुका अत्याधिक मदिरा सेवन गरेका थिए ।
भारतीय कपडा कम्पनी सियारामका कर्मचारी प्रतिनिधि रहेका साहलाई रात बोकेर कोठासम्म लैजानु परेको जनाइएको छ ।
कम्पनीका तर्फबाट बुधबार साँझ आयोजित कक्टेल पार्टीमा अत्याधिक मदिरा पिएका साह मृत फेला परेको जनाइएको छ ।
कोठामा सँगै सुतेका उनका साथीले बिहीबार बिहान मृत फेला पारेपछि होटल प्रशासनले प्रहरीलाई खबर गरेको थियो ।
मृतकको शव पोष्टमार्टमका लागि परिवारको प्रतिक्षामा रहेको जनाएको छ । घटनाको अनुसन्धान पनि भइरहेको प्रहरीको भनाई छ ।
View : 179
Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved