विराटनगर । ७१ औं विश्व कुष्ठरोग दिवसका अवसरमा विराटनगर महानगरपालिकाले कुष्ठरोगीहरूलाई सिरक वितरण गरेको छ ।
महानगर मातहतको स्वास्थ्य संस्थाबाट नियमित रूपमा कुष्ठरोगका औषधि खाने बिरामीलाई न्यानो सिरक वितरण गरेको हो ।
मेयर नागेश कोइरालाको निर्देशनमा आइतबार विराटनगर वडा नम्बर १२, १५, १६, १७ र १९ का ७ जना कुष्ठरोगीलाई सिरक वितरण गरिएको महानगरका स्वास्थ्य महाशाखा प्रमुख हैदर अलीले बताए । हाल महानगर मातहतका स्वास्थ्य संस्थाबाट औषधि सेवन गरिरहेका ७ जना कुष्ठरोगी छन् ।
कुष्ठरोगका बिरामीहरू आगो ताप्दा हातखुट्टा पोल्दासमेत थाहा नहुने भएकाले जाडोबाट बच्नका लागि सिरक उत्तम उपाय भएकाले निःशुल्क रूपमा वितरण गरिएको स्वास्थ्य महाशाखा जनस्वास्थ्य निरीक्षक भूपेन्द्रकुमार साहले जानकारी दिए ।
View : 221
Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved