Biratnagar, Morang, Nepal
२३ फागुन २०८२, शनिवार
+977 21 450305, 515728, 578305
समाज

लायन्स क्लब गोठगाउँ सिटीद्वारा खाद्यान्न वितरण

उद्‌घोष संवाददाता
२८ पुष २०८२, सोमवार

सुन्दरहरैंचा । मोरङको सुन्दरहरैंचा–५ स्थित वृन्दावन गौशालामा लायन्स इन्टरनेशनल जिल्ला ३२५ सी, एमडी ३२५, नेपाल लायन वर्ष २०२५–२०२६ अन्तर्गतको मिसन भोकमरी निवारण कार्यक्रम सम्पन्न भएको छ ।

लायन्स क्लब अफ रोयल गोठगाउँ सिटीको आयोजनामा जहाँ लायन्स सेवा गर्छन्, त्यहाँ भोक हुँदैन भन्ने अन्तर्राष्ट्रिय नारालाई आत्मसात गर्दै कार्यक्रम सञ्चालन गरिएको हो । कार्यक्रममा गौशालामा आश्रित तथा खाद्यान्न अभावमा परेका व्यक्तिहरूका लागि खाद्यान्न सहयोग प्रदान गरिएको थियो । 

कार्यक्रमका बारेमा जानकारी दिंदै क्लबका च्याप्टर प्रेसिडेन्ट अनुरोध साहले भने, लायन्सको मूल भावना नै सेवा हो । हाम्रो सेवा जहाँ पुग्छ, त्यहाँ भोक रहनु हुँदैन भन्ने उद्देश्यका साथ यो कार्यक्रम सञ्चालन गरिएको हो ।  

कार्यक्रममा लायन्स क्लबका सदस्य लगायत सरोकारवालाको सहभागिता रहेको थियो । सहभागीहरूले भोकमरी निवारण जस्तो संवेदनशील विषयमा लायन्स क्लबले खेलेको भूमिकाको प्रशंसा गरेका थिए ।

View : 209

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved