Biratnagar, Morang, Nepal
१ जेठ २०८१, मङ्गलवार
+977 21 450305, 515728, 578305
प्रविधि

मोरङ क्याम्पसमा सुपर कम्प्युटर

उद्घोष सम्वाददाता
६ मंसिर २०८०, बुधवार

विराटनगर : महेन्द्र मोरङ क्याम्पसको भौतिकशास्त्र विभागमा अत्याधुनिक (सुपर) कम्प्युटर  राखेस“गै अनुसन्धानको कार्य गर्न सहज भएको छ । विद्यावारिधि गरिरहेका एक दर्जन बढी सोधार्थी र विज्ञान विषय लिएर स्नातकोत्तर गरिरेहका विद्यार्थीलाई यसले प्रत्यक्ष फाइदा पुर्याएको हो ।

प्रयोगशालामा कुनै तत्वहरुको सिधै अनुसन्धान गर्न खर्चिलो र बढी समय लिने हुन्छ तर एचपीसी (हाई प्रफरेन्स कम्प्युटर अर्थात उच्च कार्यसम्पादन गर्ने कम्प्युटर) सुविधाले छोटो समयमा नै आवश्यक अनुसारको तत्वहरु (मेट्रियल्स) को प्रयोगशाला विना नै अनुसन्धान गर्न सहयोग गर्दछ । 

कम्तिमा २० लाख मूल्य पर्ने यो एचपीसी (सुपर कम्प्युटर) महेन्द्र मोरङ क्याम्पसको भौतिकशास्त्र विभागले विसं २०७९ सालदेखि प्रयोगमा ल्याएको हो ।

जसले गर्दा अनुसन्धान कार्यका लागि काठमाडौं तथा अन्य सुविधासम्पन्न स्थानमा जानु पर्ने बाध्यता हटाएको क्याम्पसका बीआईटी कार्यक्रमका निर्देशक डा शशितकुमार यादवले बताए । एचपीसी मोरङ क्याम्पसमा बाहेक त्रिवि भौतिकशास्त्र केन्द्रीय विभाग र काठमाडौं विश्वविद्यालयमा मात्र रहेको छ । 

मोरङ क्याम्पसमा एचपीसी हु“दा भौतिकशास्त्र, रसायनशास्त्र, बायो मेडिकल विधामा अुनसन्धान गर्न सहज भएको भौतिकशास्त्र विभागका प्रमुख प्राडा देवेन्द्र अधिकारीले बताए ।

भौतिकशास्त्रलगायत सबै विज्ञानमा काम लाग्ने एचपीसीले ‘सिमुलसेसन’ गरेर दैनिक जीवनमा प्रयोग गरिने सामग्रीहरुको प्रयोगशालामा नगई यसैमा प्रयोग गरिन्छ ।

View : 67

Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved